मंसिर १५ पर्वत ।पर्वतका बिभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जना पक्राउ परेका छन् । पर्वत विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जनालाई पक्राउ        गरेको हो ।
  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १५ पर्वत ।पर्वतका बिभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जना पक्राउ परेका छन् । पर्वत विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जनालाई पक्राउ        गरेको हो ।
  "/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

विद्युत चोरको संरक्षणमा विद्युत कार्यालयकै हाकिम

१५ मंसिर २०७३, बुधबार ०५:३४

मंसिर १५ पर्वत ।पर्वतका बिभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जना पक्राउ परेका छन् । पर्वत विद्युत प्राधिकरणको विद्युत चुहावट नियन्त्रण अभियान अन्र्तगत जिल्लाको विभिन्न स्थानबाट विद्युत चोरी गर्ने ५ जनालाई पक्राउ        गरेको हो ।
    पक्राउ परेका कतिपयलाई विद्युत प्राधिकरणका हाकिमले बोनस कमाउने धन्दाका रुपमा लिएको आरोप समेत लागेको छ । पक्राउ परेका व्यक्तिहरुलाई समान व्यवहार नगरी कसैलाई कारवाही गर्ने र कसैलाई छाडेको भन्दै विद्युत कार्यालयका प्रमुख      विजयराज रेग्मी र अर्का कर्मचारी रविन्द्र पौडेलविच हात हालहालको स्थीति समेत सिर्जना भएको बुझिएको छ ।बिधुत प्रधिकरणका निर्देशक कुलमान घिसिङले चोरी भएको बिधुतलाई बचत गरेर काठमाडौलाई लोडसेडिङ मुक्त बनाएर जनताको वाहावाही बटुली रहेका छन् । यता पर्बतका बिधुत कर्मचारी भने चोरी गर्नेलाई कार्वाही गर्नुको सट्टा आपसमा झगडा       गरेका छन् ।
     विद्युत प्राधिकरण कार्यालय पर्बतका हाकिम       विजयराज रेग्मी र कर्मचारी रविन्द्र पौडेल बिच झन्डै हात हालाहालको अवस्था आएको छ । कर्मचारी पौडेलले बिधुत चुहावट गर्ने सबैलाई त्यसकोे प्रकृती हरेर कारवाही हुनुपर्नेमा हाकिमले कसैलाई छोड्ने र कसैलाई भने बढी रकम        जरिवाना तिराउने गरेको आरोप लगाएका छन् ।
    सबैलाई कार्वाहीको    दायरामा ल्याउनु पर्छ भन्दा तिमिले के जानेका छौ भनी हाकिम रेग्मिले आफुलाई हप्काएको पौडेलले बताए । कर्मचारी पौडेलका अनुसार पर्वतमा बिधुत चोरिका घटना       धेरै हुनसक्ने भए पनि अहिलेसम्म ५ जनालाई कार्वाही गरिएको छ ।             कार्वाहीमा पर्नेमा सदरमुकाम कुस्माको शिवालय मन्दिरनेर घर हुने एक जना, कुस्माकै पार्टी प्यालेस अगाडिको लक्ष्मी देबि आचार्य, बडागाउँ मुडिकुवा निर्माणाधीन अग्लो झोलुङ्गे पुलनेरको ग्रिक उधोग र लस्ती ज्यामिरेको राम पुन रहेका छन्  । भने अर्का फेवा विकास बैक नेरका हरेको बताइएको छ तर सवैको नाम भने अझै खुलाइएको छैन ।
     बिधुत चुवाटलाई रोक्ने र कार्वाही गर्नका लागी बिधुत कार्यालयले गतिलो टिम बनाउन नसकेको आरोप छ । आफु खुसी हाकिम र सहायक ई. हेमराज चापागाईं छड्के जाने र कार्वाहीको नाममा कमाउ धन्दा गर्न थाले पछि बिबाद आएको स्रोतको दाबी छ । पैसा असुलेर बिधुत चुहावट गर्नेलाई उन्मुक्ति दिएको समेत     आरोप  छ ।
    विद्युत चोरी गर्ने पक्राउ परेकाहरुलाई उनीहरुले प्रयोग      गरेको विद्युतिय उपकरण एक वर्षसम्म प्रयोग गर्दा खपत हुने विद्युत युनिटको आधारमा क्षतिपूर्ति कारवाही गरिनुपर्नेमा  कार्यालयका हाकिमले आफु खुसि गरेको समेत आरोप लागेको छ । कार्यालयका प्रमुख रेग्मीले पक्राउ परेकाहरु कसैलाई काख र कसैलाइ पाखा परेको समेत खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु