२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सुदूरपश्चिममै दोश्रो एमएलपी तालिम बयालपाटा अस्पतालमा हुँदै

१५ मंसिर २०७३, बुधबार ०६:५९

पूर्णबहादुर खड्का/मंसिर अछाम । बयालपाटा अस्पतालमा ५औँ ब्याजका लागी मध्यम स्तरिय अभ्यास (एमएलपी) तालिम सुरु हुने भएको छ । 

यसअघि ४ वटा ब्याजले तालिम लिईसकेको छन भने अब ५ औँ ब्याजका लागीको तालिम संचालनका तयारी भईरहेको छ ।  सदुरपश्चिमका विभिन्न जिल्लाबाट गरेर ८ जनाको सहभागितामा एक व्याज बनाई तालिम संचालन हुने गरेको छ ।

सरकारी सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागी तालिम संचालन हुने गरेको छ । सुदूरपश्चिममै दोश्रो तालिम क्षेत्रका रुपमा संचालन हुदै आएको यस बयालपाटा अस्पतालमा यस अघी ४ वटा व्याजले तालिम लिईसकेका छन । बयालपाटा असपताल बाहेक सेती अञ्चल अस्पताल धनगढीमा पनि तालिम सुरु हुदै आईरहेको छ । 

टिम अस्पताल र महकाली अञ्चल अस्पताललाई तालिमको क्षत्रेका रुपमा सिफारिस भएपनि त्यस क्षेत्रमा प्रशिक्षकको अभावका कारण तालिम संचालन हुन सकेको थिएन । देशका बिभिन्न ११ वटा ठाँउमा गरेर यो तालिमको आयोजना हुने गरेको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचनले जानकारी दिनुभयो ।

३ महिनाको कोर्ष अनुरुप तालिम संचालन हुने गेरको समेत उहाँले बताउनु भयो । डाक्टर गौचनका अनुसार सरकारी क्षेत्रमा काम गर्ने एच ए र सामुदायिक स्वास्थ्य सहायक (सिएमए) का लागी यो तालिमको आयोजना हुने गरेको छ । 

ग्रामिण क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी र सदृढ बनाउनुका साथै त्यस क्षेत्रमा काम गर्ने कार्यकर्तालाई सबल बनाउन यो तालिमको आयोजना भईरहेको उहाँको भनाई छ ।  निक्क साईमन ईन्सिच्यूटको मुल्यांकन पछि राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले प्रशिक्षण केन्द्रको रुपमा बयालपाटा अस्पताललाई सिफारिस गरेको थियो । तद अनुसार गत साउनबाट मध्यम स्तरिय अभ्यास तालिम सुरु गरिएको थियो । यसअघि सम्पन्न तालिमका सहभागीले आफुले सिकेको कुरा आफ्नो काम गर्ने ठाँउमा लागु गर्ने प्रतिबद्धता गरेका थिए ।

चौथौ ब्याजमा सहभागी जिल्ला स्वास्थ्य कार्यालय अछामका जन स्वास्थ्य निरिक्षक झपट ढुंगानाले तालिम थुप्रै कुरा सिकाएको यो अब व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले बयालपाटा अस्पताल अछाम लगायत विभिन्न १२ वटा जिल्लाको पायक पर्ने ठाँउ भएकाले अझै प्रभावकारी सेवा र थप सुबिधा दिनुपर्ने बताउनु भयो । अस्पतालमा अहिले छिमेकी जिल्ला बाट समेत बिरामी आउने गरेका छन । 

एक अर्को प्रसंगमा उहाँले यो अस्पतालल सुदूरपश्चिमै उत्कृष्ट भएको भन्दै यसलाई मेडिकल कलेजको रुपमा स्थापित गर्न पहल गर्नु पर्ने बताउनु भयो । बयालपाटा अस्पताललाई प्रशिक्षण केन्द्रको रुपमा स्थापना गर्न सकार देखी सम्बन्धीत विभिन्न निकायसंग समन्वय सहकार्य गरेपश्चात यो सम्भव भएको अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचनले बताउनु भयो । 

अस्पतालको सेवालाई अझ गुणस्तरिय बनाउन आफुले विभिन्न निकायसंग सहकार्य गर्दै आएको उहाँको भनाई छ । 

अबको केही दिनमै मध्यम स्तरिय अभ्यास तालिमको ५ औँ व्याज सुरु गरिने समेत उहाँले बताउनु भयो । अहिलेसम्मका ब्याजहरुमा चौँथो व्याज उत्कृष्ट रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला