मङ्सिर १५, उदयपुर । स्थानिय सामंग्रीहरुको प्रयोग गरेर शैक्षिक सामंग्री निर्माण गर्ने उद्देश्यले ४ दिवसीय शिक्षण सिकाई सामंग्री निर्माण तालिम आज(बुधबार) बाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, उदयपुर । स्थानिय सामंग्रीहरुको प्रयोग गरेर शैक्षिक सामंग्री निर्माण गर्ने उद्देश्यले ४ दिवसीय शिक्षण सिकाई सामंग्री निर्माण तालिम आज(बुधबार) बाट "/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बालमैत्री शिक्षणका लागी सिकाई सामंग्री निर्माण तालिम

१५ मंसिर २०७३, बुधबार ०७:२६


मङ्सिर १५, उदयपुर । स्थानिय सामंग्रीहरुको प्रयोग गरेर शैक्षिक सामंग्री निर्माण गर्ने उद्देश्यले ४ दिवसीय शिक्षण सिकाई सामंग्री निर्माण तालिम आज(बुधबार) बाट शुरु भएको छ । 

उदयपुरको पश्चिमी क्षेत्रका गाविसहरु ईनामे, ओख्ले, लिम्पाटार र तावाश्रीका डेढ दर्जन विद्यालयका करिब २ दर्जन ग्रेड शिक्षकहरुलाई तालिममा सहभागी गराईएको जिल्ला शिक्षा कार्यालय उदयपुरका श्रोत व्यक्ती तालिमका सहजकर्ता विनोदकुमार ठाकुरले बताउनुभयो । 

शैक्षिक सामंग्रीको अत्यधिक प्रयोग गर्ने गराउने, शिक्षण सिकाईलाई बालमैत्री बनाउने, सिकाई प्रक्रियामा बालबालिकाहरुको अभिरुची बढाउने र आकर्षित गर्ने मुख्य उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको आयोजक संस्था जाल्पा एकिकृत विकास समाज(जिड्स)का शिक्षा परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो । 

वल्र्डभिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा विगत ३ बर्ष देखि पश्चिमी क्षेत्रका ६ वटा गाविसहरुमा संचालित शिक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको साहले बताउनुभयो । यस तालिमले ४ गाविसका प्राथमिक तहका करिब ९ सय बालबालिकाहरुको शिक्षण सिकाईमा प्रत्यक्ष फाईदा पुग्ने उहाँले बताउनुभयो ।  


शनिवार सम्म कटारी स्थित होटल माछापुच्छ्रेमा संचालित सो तालिममा सहभागी शिक्षकहरुले आफैले स्थानिय सामंग्रीहरुको प्रयोग गरेर नेपाली, अंग्रेजी, गणित, सामाजिक र विज्ञान विषयलाई समेट्दै क्यालेण्डर, अक्षर पत्ति, मात्रा पत्ति, शब्द पत्थि, अंक पत्ति, शब्द जाल, नमुना घडी, हात्ते टिभी, गित चार्ट, पुतलीको जीवनचक्र, रंग मोडेल, आलु स्टाम्प, सौर्य मंडलको मोडल, फिरफिरे लगायतका सिकाई सामंग्री निर्माण गर्न सिक्ने तालिमका सहजकर्ता ठाकुरले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु