मङ्सिर १५, उदयपुर । स्थानिय सामंग्रीहरुको प्रयोग गरेर शैक्षिक सामंग्री निर्माण गर्ने उद्देश्यले ४ दिवसीय शिक्षण सिकाई सामंग्री निर्माण तालिम आज(बुधबार) बाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १५, उदयपुर । स्थानिय सामंग्रीहरुको प्रयोग गरेर शैक्षिक सामंग्री निर्माण गर्ने उद्देश्यले ४ दिवसीय शिक्षण सिकाई सामंग्री निर्माण तालिम आज(बुधबार) बाट "/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बालमैत्री शिक्षणका लागी सिकाई सामंग्री निर्माण तालिम

२०७३, १५ मंसिर बुधबार ०७:२६


मङ्सिर १५, उदयपुर । स्थानिय सामंग्रीहरुको प्रयोग गरेर शैक्षिक सामंग्री निर्माण गर्ने उद्देश्यले ४ दिवसीय शिक्षण सिकाई सामंग्री निर्माण तालिम आज(बुधबार) बाट शुरु भएको छ । 

उदयपुरको पश्चिमी क्षेत्रका गाविसहरु ईनामे, ओख्ले, लिम्पाटार र तावाश्रीका डेढ दर्जन विद्यालयका करिब २ दर्जन ग्रेड शिक्षकहरुलाई तालिममा सहभागी गराईएको जिल्ला शिक्षा कार्यालय उदयपुरका श्रोत व्यक्ती तालिमका सहजकर्ता विनोदकुमार ठाकुरले बताउनुभयो । 

शैक्षिक सामंग्रीको अत्यधिक प्रयोग गर्ने गराउने, शिक्षण सिकाईलाई बालमैत्री बनाउने, सिकाई प्रक्रियामा बालबालिकाहरुको अभिरुची बढाउने र आकर्षित गर्ने मुख्य उद्देश्यका साथ सो तालिमको आयोजना गरिएको आयोजक संस्था जाल्पा एकिकृत विकास समाज(जिड्स)का शिक्षा परियोजना संयोजक अजयकुमार साहले बताउनुभयो । 

वल्र्डभिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा विगत ३ बर्ष देखि पश्चिमी क्षेत्रका ६ वटा गाविसहरुमा संचालित शिक्षा परियोजना अन्तर्गत सो तालिमको आयोजना गरिएको साहले बताउनुभयो । यस तालिमले ४ गाविसका प्राथमिक तहका करिब ९ सय बालबालिकाहरुको शिक्षण सिकाईमा प्रत्यक्ष फाईदा पुग्ने उहाँले बताउनुभयो ।  


शनिवार सम्म कटारी स्थित होटल माछापुच्छ्रेमा संचालित सो तालिममा सहभागी शिक्षकहरुले आफैले स्थानिय सामंग्रीहरुको प्रयोग गरेर नेपाली, अंग्रेजी, गणित, सामाजिक र विज्ञान विषयलाई समेट्दै क्यालेण्डर, अक्षर पत्ति, मात्रा पत्ति, शब्द पत्थि, अंक पत्ति, शब्द जाल, नमुना घडी, हात्ते टिभी, गित चार्ट, पुतलीको जीवनचक्र, रंग मोडेल, आलु स्टाम्प, सौर्य मंडलको मोडल, फिरफिरे लगायतका सिकाई सामंग्री निर्माण गर्न सिक्ने तालिमका सहजकर्ता ठाकुरले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन