२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बालिघरे प्रथा न्यूनीकरण हुँदै

२०७३, १५ मंसिर बुधबार ०८:३५

मङ्सिर १५, रोल्पा । रोल्पामा परम्परादेखि चल्दै आएको बालिघरे प्रथा न्यूनीकरण भएको छ । 

कपडा सिलाएबापत वा आरनको कामगरे बापत ज्यालास्वरुप वार्षिक दुई पाथी अन्न दिँदै आएकोमा हाल श्रमको आधारमा नगद दिने प्रचलनको सुरुवात भएको दलित अधिकारकर्मी कर्मलाल परियारले बताउनुभयो । 

दलित भोकै पनि नहोउन् र पेटभरी खान पनि नपाउन् भन्ने मानसिकताका साथ उच्च जातिहरुले यस्तो परम्पराको थालनी गरेको परियारले बताउनुभयो । 

रोल्पा जिल्लाबाट बालिघरे प्रथा उन्मुलन गर्ने अभियानअन्तर्गत हाल आधा दर्जनभन्दा बढी गाविसमा बालिघरे प्रथा अन्त्य घोषणा भइसकेको परियारले जानकारी दिनुभयो । 

बालिघरे प्रथा उन्मुलनगरी दलितहरुको पेसालाई मर्यादित बनाउन तथा श्रमअनुसारको ज्याला पाउने वातावरण सिर्जना गर्न जिल्लामा विभिन्न अभियान सञ्चालन भइरहेका छन् । 

हाल रोल्पा जिल्लामा १८ प्रतिशत दलित रहेका छन् । विगतमा दलितहरुले मात्रै कपडा सिलाई गर्दै आएकोमा पछिल्ला दिनमा गैर दलितले समेत सो पेसा अङ्गाल्दा आफ्नो पेसा सङ्कटमा पर्दै गएको दलितहरुले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा