१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा बालिघरे प्रथा न्यूनीकरण हुँदै

१५ मंसिर २०७३, बुधबार ०८:३५

मङ्सिर १५, रोल्पा । रोल्पामा परम्परादेखि चल्दै आएको बालिघरे प्रथा न्यूनीकरण भएको छ । 

कपडा सिलाएबापत वा आरनको कामगरे बापत ज्यालास्वरुप वार्षिक दुई पाथी अन्न दिँदै आएकोमा हाल श्रमको आधारमा नगद दिने प्रचलनको सुरुवात भएको दलित अधिकारकर्मी कर्मलाल परियारले बताउनुभयो । 

दलित भोकै पनि नहोउन् र पेटभरी खान पनि नपाउन् भन्ने मानसिकताका साथ उच्च जातिहरुले यस्तो परम्पराको थालनी गरेको परियारले बताउनुभयो । 

रोल्पा जिल्लाबाट बालिघरे प्रथा उन्मुलन गर्ने अभियानअन्तर्गत हाल आधा दर्जनभन्दा बढी गाविसमा बालिघरे प्रथा अन्त्य घोषणा भइसकेको परियारले जानकारी दिनुभयो । 

बालिघरे प्रथा उन्मुलनगरी दलितहरुको पेसालाई मर्यादित बनाउन तथा श्रमअनुसारको ज्याला पाउने वातावरण सिर्जना गर्न जिल्लामा विभिन्न अभियान सञ्चालन भइरहेका छन् । 

हाल रोल्पा जिल्लामा १८ प्रतिशत दलित रहेका छन् । विगतमा दलितहरुले मात्रै कपडा सिलाई गर्दै आएकोमा पछिल्ला दिनमा गैर दलितले समेत सो पेसा अङ्गाल्दा आफ्नो पेसा सङ्कटमा पर्दै गएको दलितहरुले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु