१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँडाबासीले सरकारलाई बुझाए नागरिकता

१५ मंसिर २०७३, बुधबार ०९:४१

सम्राट सिंह/मङ्सिर १५, बझाङ । स्थानिय पुन संरचनाको खाका बनाउन थालेदेखी बझाङको काँडा गाविस लाई छुट्टै गाँउपालीका बनाउन  माग राखी संघर्ष गर्दै आएका काँडा वासीहरुले आज आफुले पाएको नेपाली नागरिकता सरकार लाई बुझाएका छन् ।

छुट्टै गाउँ पालिकाको माग राख्दै संघर्षमा उत्रेका काँडाबासीले बुधबारको दिन बजारमा नारा जुलुस गरि काँडा गाविसका ५ सय १५ जनाका नागरिकता स्थानिय पुन संरचना प्राविधिक समितिका संयोजक तथा स्थानिय विकास अधिकारी प्रमोद सिम्खडा लाई बुझाएका हुन । 

गाँउलेहरुले नौ वटै वडाका नागरिकता जम्मा गरेर एउटा टिनको बाकसमा राखेर स्थानिय विकास अधिकारीलाई बझाएका छन । गाउँलेहरुले नागरिकता बुझाउँदा सरकारले हाम्रो माग सुनुवाई गरेन हामीलाई नागरिता पनि जरुरी छैन भन्दै नागरिता त्यागेको सार्वजनिक गरेका थिए । संर्घषमा आएका काँडावासी र प्रहरी विच जिविसको गेटमा केहिछिन धरपकट समेत भएको थियो ।

पटक पटक हामी भूगोलको हिसावमा नेपालकै ठुलो गाँविस हो त्यहाँ खान बस्न हिड्न शिक्षा स्वास्थ्य संचार केहि सुविधा छैन अलगै गाँउ पालीका चाहियो भन्दै आएका हौ आन्दोलनमा भेटिएकी डोल्मा तामाड्ले बताइन हाम्रो माग पुरा नभए हामी आमन्दोलनमा मर्न समेत तयार रहेको उनको भनाइ छ ।  आन्दोलनमा ६० देखि ९० बर्ष सम्मका बृद्धदेखी महिला बालबालीकाहरु समेत आएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा नागरिता बुझाउन गएका उनिहरु लाई प्रमुख जिल्ला अधिकारीले यो समस्या तपाईको गाँउ पालीका सम्वन्धी भएकाले पुन संरचना प्राविधिक समिति कहाँ सुनाउनु भनेपछि समितिका संयोजक स्थानिय विकास अधिकारी कहाँ आएको काँडाका शेर बहादुर बोहोराले बताए ।

छुट्टै गाँउ पालीका नभए सम्म कडा सर्घषका कार्यक्रम राखेको उनिहरुले आजै देखी काँडामा रहेको गाविस बन्द गरेर कर्मचारी लाई घर फिर्ता गरि दिने धुलीमा रहेको सिमा प्रहरी चौकीका प्रहरी लाई पनि घर फिर्ता गराउने जिविसमा ताला बन्द गर्ने र अन्तमा सशत्र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पुन संरचना प्राविधिक समितिका संयोजक स्थानिय विकास अधिकारी राजनितिदलको गुलाम जस्तै गएका छन् काँडाका  रण बहादुर बोहराले भने नेपाली काँग्रेस नेकपा एमालेका जिल्ला स्थित नेताहरुका कारण काँडा गाँउपालीका हुन सकेको छैन । 

सुरुमा ८ गाँउपालीकाको संख्या आएको बझाङमा पछि सवै ठाँउवाट थप्ने माग गरेपछि ईलाका लाई आधार मानेर गाँउ पालीका भए काँडा थपिन्छ राज्य पुन संरचना आयोगका संयोजक बालानन्द पौड्लले समेत भनेको वताउदै रण बहादुरले भने  तर ११ मा काँडा नपर्नु नेताहरुको दोष छ ।   

उनिहरुले पछि थपिएको सुर्मा दौलीचौर राजनितिक पहुँचका आधारमा थपिएको समेत आरोप लगाएका छन् । छ सात दिन हिडेर आएका काँडावासीहरुको एक टोली यसकै दवाव दिन काठमाण्डौ गएको छ भने अन्य जिल्ला सदरमुकाम बसेर आन्दोलन गरि रहेका छन् ।

यता पुर्न संरचना प्राविधिक समितिका अध्यक्ष एवं स्थानिय विकास अधिकारी प्रमोद सिम्खडाले भने पुर्नः संरचना सम्बन्धि पटक पटक जिल्लाका राजनितिक दलको बैठक बसी छलफल समन्मय भएर आयोगमा पठाएको हो । 

अहिले काँडाबासीले नागरिकता फिर्ता बुझाउने सम्मका आन्दोलनका चरणहरु घोषणा गरेको हुँदा भोली बैठक बसेर थल छलफल गरिने उनको भनाइ छ ।  

 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु