२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सरकारी कार्यालयबाट प्रदान हुने सबै सेवा ३ दिनसम्म बारला गाबिसमा

१५ मंसिर २०७३, बुधबार ०९:४९

कमल रावल/मङ्सिर १५, मसिर । जनताको घरदैलोमै पुगि सेवा प्रदानका साथ ३ दिने ऐकिकृत घुम्ती शिविर जिल्लाको विकट गाबिस वारलामा सम्पन्न भएको छ । 

सरकारी कार्यालय बाट जिल्लाम प्रदान हुने सेवा ३ दिन सम्म बारलाको तिखापातलमा बाट प्रदान गरिएको थियो । जनतालाई जिल्लामा आउन अप्ठयारोका साथै कम खर्चहोस भन्ने उद्देश्यका साथ जनताको दैलोमै गएर सेवा दिईएको बताईएको छ । 

ऐकिकृत घुम्ती शिविर मार्फत बारला क्षेत्रका जनताले थुप्रै सेवा लिएका छन । ३ दिनको अवधिमा शिविरमा ४ सय ५ जनालाई नेपाली नागरिकता वितरण, २८ जनालाई प्रतिलिपि, स्वास्थ्य कार्यालय अन्र्तगत ४६ जना गर्भवती महिलाको भिडियो एक्सरे जाँच, १ जना पुरुषको बन्ध्याकरण भ्याक्सेक्टोमिका साथै १ सय २ जनालाई सामान्य स्वास्थ्य प्रदान गरिएको शिविरका संयोजक तथा अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले बताउनु भयो । 

यस्तै महिला तथा बालबालिका कार्यालयबाट १२ जनालाई अपांगता परिचय पत्र वितरण, कृषि विकास कार्यालयबाट किसानलाई उन्नत खाले तरकारीको विउँ बिजन वितरण तथा पशु कार्यालयबाट पशुपक्षीको उपचार उहाँले बताउनु भयो । 

जिल्ला निर्वाचन कार्यालय बाट नयाँ नागरिकता लिएका ३ सय ९१ जनाको फोटो सहितको मतदाता नामावलिमा नाम संक्लन गरिएको छ । सडक र यातायातको असुविधाका कारण जिल्ला सदरमुकामबाट निकै दुर्गममा परेका अछामको बारला, काँलेकाँडा, लयाटी तथा पुल्लेतोला क्षेत्रका सयौं बासिन्दाले शिविरबाट सेवा लिएका छन ।  

जिल्ला प्रशासन कार्यालयले आफनै आयोजना संयोजनामा हरेक समय ऐकिकृत घुम्ती शिविर गर्दै आईरहेको छ । २०६८ साल बाट सुरु भएको ऐकिकृत घुम्ती शिविर सेवा हाल सम्म जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’