२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङका अपाङ्ता जोडिले कृषि कार्यबाट आम्दानी गर्दै

२०७३, १५ मंसिर बुधबार ०९:५८

बिमल खड्का/मङसिर १५, बागलुङ । जिल्लाको बुर्तिबाङका एक अपाङ्गता जोडिले कृषि कार्यबाट राम्रो आम्दानी गरेका छन् ।  

बुर्तिबाङ गाबिस वडा नमबर–१ का युवराज कडेलले एक सिजनमा गोपीका बेर्ना बचेर ९५ हजार आम्दानि गरेको बताउनु भएको छ । उहाँ आफै र श्रीमती पनि अपाङ्गता हुनुहुन्छ । 

मौसम अनुसारका बिभिन्न जातका तरकारीका बेर्ना जमाउने उहाँले बन्दा , फुल तथा बा्रेकाउलीका बेर्ना बित्री गरेर आम्दानी गर्ने थाल्नुभएको छ । उहाँका अनुसार गोपीका बेर्ना जमाउदा बिउको लागी ३० हजार खर्च भएको र बाँकी ९० देखि ९५ हजार सम्म आम्दानी गरेको बताउनुभएको छ । 

गत बर्ष पनि यसरी बेर्ना जमाएर मनग्य आम्दानी गर्न थालेपछि यस बर्ष पनि सोहि प्रणाली अपनाएको उहाँको भनाई रहेको छ । बुर्तिबाङ आसपासका देबिस्थान ,निशी बोहोरागाउ खुंंगा बोंगादोभान भिमगिठे ,लगाएतका गाबिसका कृषकहरुलाई आफुले उत्पादन गरेका बेर्ना बिक्री गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार एक सय फुल गोपीका बेर्नालाई २ सय रुपैयामा बेचेको र ब्रोकाउलीलाई प्रति बेर्ना ५ रुपैयाका दरले बेचेको उहाँको भनाई रहेको छ । यसरी गोपी बेर्नाहरुको सिजन सकिए सगै उहाँले अहिले प्याजका बेर्ना जमाई बेच्न सुरु गनुभएको छ । उत्पादन गरेको प्याजको बेर्ना अहिले आफुले बेचिरहको र दैनिक २ हजार सम्मको बेर्ना बेच्ने गरेको उहाँको भनाई रहेको छ । भर्खर बेच्न सुरु गरेको छु उहाँ भन्नुहुन्छ गत बर्ष भन्दा खासै राम्रो गरि बेर्ना नउमे्रकाले अहिले लगानीनै डुप्छकी भन्ने डरमा थिए तर ५ हजारको किट्नाशक औषधी हालेपछि बेर्ना राम्रा उत्पादन भएको बताउनुहुन्छ । 

यो समय बढि प्याजको बेर्नाबिक्री गर्ने सिजन भएकाले अहिले सम्म प्याजका बेर्नाबाट २५ हजार सम्म कमाएको बताउनुभयो । यसरी प्याजका बेर्ना बेचिरहदाँ अन्त्य सम्म ८० हजार कामाउने उहाँको लक्ष्य रहेको छ । जग्गा भाडाँमा लिनुभएको उहाँले बर्षको ५ हजार रुपैया तिर्दै आएको भनाई रहेको छ । यो प्याजका बेर्ना पछि आलु रोप्ने लक्ष्य समेत रहेको र गत बर्ष ५० केजि आलु लगाए तर किरा लागेपछि घाटा खानु परेको बताउनु हुन्छ । 

त्यसैले यस बर्ष लगाउकी नलागाउ भन्ने दोदारमा रहेको बताउनुभयो । बर्षको ३ सिजनमा तरकारीका बेर्ना तथा आलुबाट आम्दानी गर्ने केहि दिन पहिले गाबिसमा रहेको कृषी समुहले तालिम आयोजना गरेपनि आफुलाई थाहा नदिएको गुनासो गर्नुहुन्छ । आफुनै अनुभवको आधारमा यसरी कृषी पेशा गर्दै आउनुभएका उहाले त्यस्ता तालिमहरुमा आफु पनि सहभागि बन्न पाए यो पेशालाई थप व्यबस्थीत गराउने आशा व्यक्त गर्नुहुन्छ । यसरी उत्पादन गरेका बेर्ना कुहिने, मर्ने जस्ता समस्या आउदा कृषी कार्यलयबाट कुनै पनि सलाहा नपाएको गुनासो गर्नुहुन्छ । 

स्वादेशमै कृषी पेशा समाल्नुभएको उहाँले अरु ठाँउमा कृषी पेशा गर्नेलाई बिभिन्न अनुदान आएको सुनिन्छ तर आफुलाई कुनै पनि संस्थाले अनुदान नदिएको गुनासो गर्नुभयो । 

आफुले उत्पादन गरेको ठाँउको माटो परिक्षण गराउने माध्म समेत आफुले नपाएको बताउनुहुन्छ । यसरी स्वदेशमै कृषी पेशा गर्नुभएका कडेल शारिरीक रुपमा अपाङ हुनुहन्छ । अपाङ भएकाले बिदेश गएर कमाउन सकिन तर एक चोटी कोहि कसैले सहयोग गरे एक पटक बिदेश जाने रहर रहेको बताउनुभयो । उहाँले बिदेशीएका युवाहरु लाई पनि स्वदेशमा उद्धम गर्न सल्लाह समेत दिनुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा