बाग्लुङका अपाङ्ता जोडिले कृषि कार्यबाट आम्दानी गर्दै

Posted on: 30 Nov, 2016


बिमल खड्का/मङसिर १५, बागलुङ । जिल्लाको बुर्तिबाङका एक अपाङ्गता जोडिले कृषि कार्यबाट राम्रो आम्दानी गरेका छन् ।  

बुर्तिबाङ गाबिस वडा नमबर–१ का युवराज कडेलले एक सिजनमा गोपीका बेर्ना बचेर ९५ हजार आम्दानि गरेको बताउनु भएको छ । उहाँ आफै र श्रीमती पनि अपाङ्गता हुनुहुन्छ । 

मौसम अनुसारका बिभिन्न जातका तरकारीका बेर्ना जमाउने उहाँले बन्दा , फुल तथा बा्रेकाउलीका बेर्ना बित्री गरेर आम्दानी गर्ने थाल्नुभएको छ । उहाँका अनुसार गोपीका बेर्ना जमाउदा बिउको लागी ३० हजार खर्च भएको र बाँकी ९० देखि ९५ हजार सम्म आम्दानी गरेको बताउनुभएको छ । 

गत बर्ष पनि यसरी बेर्ना जमाएर मनग्य आम्दानी गर्न थालेपछि यस बर्ष पनि सोहि प्रणाली अपनाएको उहाँको भनाई रहेको छ । बुर्तिबाङ आसपासका देबिस्थान ,निशी बोहोरागाउ खुंंगा बोंगादोभान भिमगिठे ,लगाएतका गाबिसका कृषकहरुलाई आफुले उत्पादन गरेका बेर्ना बिक्री गरेको उहाँले बताउनुभयो । 

उहाँका अनुसार एक सय फुल गोपीका बेर्नालाई २ सय रुपैयामा बेचेको र ब्रोकाउलीलाई प्रति बेर्ना ५ रुपैयाका दरले बेचेको उहाँको भनाई रहेको छ । यसरी गोपी बेर्नाहरुको सिजन सकिए सगै उहाँले अहिले प्याजका बेर्ना जमाई बेच्न सुरु गनुभएको छ । उत्पादन गरेको प्याजको बेर्ना अहिले आफुले बेचिरहको र दैनिक २ हजार सम्मको बेर्ना बेच्ने गरेको उहाँको भनाई रहेको छ । भर्खर बेच्न सुरु गरेको छु उहाँ भन्नुहुन्छ गत बर्ष भन्दा खासै राम्रो गरि बेर्ना नउमे्रकाले अहिले लगानीनै डुप्छकी भन्ने डरमा थिए तर ५ हजारको किट्नाशक औषधी हालेपछि बेर्ना राम्रा उत्पादन भएको बताउनुहुन्छ । 

यो समय बढि प्याजको बेर्नाबिक्री गर्ने सिजन भएकाले अहिले सम्म प्याजका बेर्नाबाट २५ हजार सम्म कमाएको बताउनुभयो । यसरी प्याजका बेर्ना बेचिरहदाँ अन्त्य सम्म ८० हजार कामाउने उहाँको लक्ष्य रहेको छ । जग्गा भाडाँमा लिनुभएको उहाँले बर्षको ५ हजार रुपैया तिर्दै आएको भनाई रहेको छ । यो प्याजका बेर्ना पछि आलु रोप्ने लक्ष्य समेत रहेको र गत बर्ष ५० केजि आलु लगाए तर किरा लागेपछि घाटा खानु परेको बताउनु हुन्छ । 

त्यसैले यस बर्ष लगाउकी नलागाउ भन्ने दोदारमा रहेको बताउनुभयो । बर्षको ३ सिजनमा तरकारीका बेर्ना तथा आलुबाट आम्दानी गर्ने केहि दिन पहिले गाबिसमा रहेको कृषी समुहले तालिम आयोजना गरेपनि आफुलाई थाहा नदिएको गुनासो गर्नुहुन्छ । आफुनै अनुभवको आधारमा यसरी कृषी पेशा गर्दै आउनुभएका उहाले त्यस्ता तालिमहरुमा आफु पनि सहभागि बन्न पाए यो पेशालाई थप व्यबस्थीत गराउने आशा व्यक्त गर्नुहुन्छ । यसरी उत्पादन गरेका बेर्ना कुहिने, मर्ने जस्ता समस्या आउदा कृषी कार्यलयबाट कुनै पनि सलाहा नपाएको गुनासो गर्नुहुन्छ । 

स्वादेशमै कृषी पेशा समाल्नुभएको उहाँले अरु ठाँउमा कृषी पेशा गर्नेलाई बिभिन्न अनुदान आएको सुनिन्छ तर आफुलाई कुनै पनि संस्थाले अनुदान नदिएको गुनासो गर्नुभयो । 

आफुले उत्पादन गरेको ठाँउको माटो परिक्षण गराउने माध्म समेत आफुले नपाएको बताउनुहुन्छ । यसरी स्वदेशमै कृषी पेशा गर्नुभएका कडेल शारिरीक रुपमा अपाङ हुनुहन्छ । अपाङ भएकाले बिदेश गएर कमाउन सकिन तर एक चोटी कोहि कसैले सहयोग गरे एक पटक बिदेश जाने रहर रहेको बताउनुभयो । उहाँले बिदेशीएका युवाहरु लाई पनि स्वदेशमा उद्धम गर्न सल्लाह समेत दिनुहुन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!