१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सिरहामा लागुऔषध सहित पाँच पक्राउ

१५ मंसिर २०७३, बुधबार १३:०९

राम नारायण पंडित/मङ्सिर १५, सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पाँच जनालाई पक्राउ गरेको छ । 

लुकाईछिपाई राखेको अवस्थामा लहानको एक गृल पसलबाट एक सय चार वोतल प्रतिवन्धित लागुऔषध कोरेक्स सहित पाँच जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

लहान २ मा मो. मुर्तुजाले संचालन गरेको गृल पसल पछाडी प्लाष्टिकको गिलेनमा लुकाई राखेको अवस्थामा प्रहरीले लागुऔषध कोरेक्स वरामद गरेको हो । प्रहरीले विशेष सुराकको आधारमा लागुऔषध सहित लहान २ का २१ वर्षिय मो. तैयब बावु, वर्ष ३६ का मो समीम, वर्ष २२ का रोहित साह सुडी, लहान ३ का ४१ वर्षिय विष्णुदेव साह र सप्तरी मौवाहा घर भई हाल लहान १ मा वस्दै आएका ४० वर्षिय शंकर ठाकुरलाई पक्राउ गरेको जनाएको छ । 

उनीहरुले विक्रि वितरणको लागि ल्याएर राखेको हुन सक्ने अनुमान रहेको इप्रका लहानका प्रमुख डिएसपी राजकुमार केसीले बताए । पक्राउ परेका सवैलाई लागुऔषध प्रयोग तथा ओसार पोसार अभियोगमा मुद्दा चलाउने तयारी भईरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल