नरी बडु, मंसिर १६ बैतडी  ।
जिल्लाको खोड्पे र पाटनमा जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा  ५६ हजार बराबरको उपभोग्य बस्तु म्याद नाघेको भेटिएको छ ।

एक महिना अघिपनि यो बजार अनुगमन भएको थियो । महिनै पिच्छे "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, मंसिर १६ बैतडी  ।
जिल्लाको खोड्पे र पाटनमा जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा  ५६ हजार बराबरको उपभोग्य बस्तु म्याद नाघेको भेटिएको छ ।

एक महिना अघिपनि यो बजार अनुगमन भएको थियो । महिनै पिच्छे "/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पसलै पिच्छे म्याद नाघेका उपभोग्य वस्तु

२०७३, १६ मंसिर बिहीबार ०३:३४

नरी बडु, मंसिर १६ बैतडी  ।
जिल्लाको खोड्पे र पाटनमा जिल्ला प्रशासन कार्यालयले गरेको बजार अनुगमनका क्रममा  ५६ हजार बराबरको उपभोग्य बस्तु म्याद नाघेको भेटिएको छ ।

एक महिना अघिपनि यो बजार अनुगमन भएको थियो । महिनै पिच्छे एउटा बजारमा अनुगनमन गर्दापनि म्याद नाघेका बस्तुको बिक्रि घट्न सकेको छैन । दशरथचन्द राजमार्गको पहिलो तथा मुख्य बैतडीको खोड्पे बजारका पसलै पिच्छे म्याद सकिएर अखाद्य भईसकेका उपभोग्य बस्तु पाईएका छन् ।

बजार अनुगमन समितिले गरेको निरिक्षणका क्रममा बैतडीका अन्य बजारको अवस्थापनि उस्तै छ । अनुगमन गरिएका अधिकांश क्षेत्रमा म्याद सकिएका बस्तु भेटिदै आएका छन् । खोड्पे बजारका किराना, तरकारी, होटल, औषधी पसल गरी ६१ वटाको अनुगमन गरेको थियो भने पाटन बजारमा पनि ३१ पसलको अनुगमन गरेको थियो ।

सबैजसोमा केही न केही बस्तु म्याद नाघेको पाईएको हो । पिठो, चिउरा, बिष्कुट, चाउचाउ, तेल, मसला लगायत श्रृगारका सामग्री म्याद सकिएको बर्षौसम्मपनि बिक्रि हुदै आएको पाईएको छ । म्याद सकिनै लागेका बेला तराईका गोदामबाट पहाडी जिल्लामा अधिकांश सामान आउने गरेको पाईएको छ । उत्पादन मिति र उपभोग्य अवधि मेटिएका, म्याद सकिनै लागेका र उत्पादकको पहिचान नखोलेका बस्तु समेत पाईएको अनुगमन टोलीले जनाएको छ ।

मसला, तेल, बिस्कुट, चिउरा लगायतका खाद्य बस्तुको म्याद महिनादिन बढी नहुने गरेको स्थानीय ब्यापारी बताउछन् । थोक बिक्रेताले जर्बजस्ती बेचेर जाने गरेको उनीहरु बताउछन् । केही बस्तुमा छुट गरेर आफुहरुलाई बेच्ने भएकाले नाफाको लोभमा म्याद सकिनै लागेका बस्तु किन्ने गरेको खोड्पेका एक ब्यापारीले बताए । सुर्ती, गुटखा, मदिरा लगायतका बस्तु भने उत्पादन भएको महिना दिनमै पसलमा पुगेको पाईएको छ ।

पछिल्लो समय थोक बिक्रेताहरु पसलमै आएर सामान पुर्याउन थालेपछि यस्तो प्रबृति बढेको छ । थोकमा बिक्रि गर्न ल्याउनेबाट नै उपभोग्य सामग्रीको उत्पादन मितिमा फरक देखिने गरेको हो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का