गुप्तेश्वर क्याम्पसका गैरजिम्मेवारी कर्मचारीको सजाय भोग्दै प्रियंका

Posted on: 01 Dec, 2016

 पर्वत । गुप्तेश्वर बहुमुखि क्याम्पसको भर्खरैमात्र सम्पन्न व्यवस्थापन नयाँ कार्य समिति सदस्यहरु अधिकांशको शैक्षिक योग्यता साधारण लेखपढ र १० कक्षा पास मात्र रहेको चर्चा सेलाउन नपाउँदै प्रशासनका कर्मचारी पनि एसएलसी पासमा मात्रै सिमिति छन् कि भन्ने भान हुन थालेको छ । क्याम्पसका लेखापाल र परिक्षा शाखाका कर्मचारीको कमजोरी र उनीहरुको नालायकीपनका कारण एक विद्यार्थीको पढाईमा प्रश्न चिन्ह उठेको छ । गुप्तेश्वर बहुमुखि क्याम्पसका लेखापाल इश्वरी आचार्य र परिक्षा शाखाका बासु आचार्यको गैरजिम्मेवारी र नालायकपनका कारण कुनपा १७ सिल्मीकी प्रियंका अधिकारीको पढाइ अब कता जाने भन्ने बारेमा अनिश्चित बनेको छ । लेखापाल र परीक्षा शाखाका कर्मचारीको गैरजिम्मेवारी पनका कारण अब नयाँ  व्यवस्थापन कार्य समितिको मात्र नभइ उनीहरुको पनि शैक्षिक योग्यता छानविन गर्नुपर्ने माग हुने पक्का छ ।

 पर्वतको सदरमुकाम कुश्माको गुप्तेश्वर बहुमुखि क्याम्पस प्रशासनको फितलो कार्यले गर्दा एक विद्यार्थीको पठाइमा प्रश्न चिन्ह  उभिएको छ । कुनपा १७ कि प्रियंका अधिकारी गत बर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा शिक्षा संकायमा भर्ना भइन । नियमित कक्षामा पनि गइन र उनले परीक्षा फिस, रजिश्टेशन फर्म सवै भरिन् । परिक्षा दिने बेलामा उनको परीक्षा प्रेवश कार्ड आएन । नआएपछि उनी बञ्चित हुने स्थीतिमा पुगिन । गाउँदेखि उच्च शिक्षा हासिल गर्न आएकी उनले प्रवेश कार्ड नभएपछि परीक्षा दिन नपाउने निश्चित भयो । क्याम्पस प्रशासनले आफुहरुले मिलाउने भन्दै उनलाई छुट्टै प्रवेश कार्ड र नब्बर बनाएर परीक्षा दिन लगाए र उनले पनि सरासर परिक्षा दिइन । जब दोस्रो बर्षको कक्षा शुरु भयो तब क्याम्पस प्रमुखले उनलाई पहिलो बर्षमानै बसेर पढ्न भनेपछि उनी यतिबेला चिन्तित भएकी छिन् ।

क्याम्पस प्रमुख रामजी सु्वेदीले पहिलो बर्षमा नै बसेर पढ, तिम्रो रिजेल्ट नआउने भयो बरु पहिलो बर्ष निशुल्क पढाइदिन्छौ भने उनले रुदै भनिन् । एक बर्षभरी मेहनत गरेर पढे, परीक्षा पनि दिए तर अहिले दोस्रो बर्ष पढ्न जाँदा आफ्ुलाई पहिलो बर्षमानै बसेर पढ भनेर सरले भन्नुभयो अब म के गरु  अधिकारीले भनिन् । मैले विद्यालयमा बुझाउनुपर्ने परीक्षा शुल्क, भर्ना शुल्क र नियमिति शुल्क पनि तिरेको छु तर मेरो प्रवेश पत्र किन आएन, यसमा मेरो के दोष ? त्यसमापनि हामी मिलाउँछौ जसरी भएपनि भन्दै परीक्षा दिन लगाए र दिए पनि तर अहिले दोस्रो बर्षमा पढ्न जाँदा पहिलो बर्षमानै बस भने, गल्ती प्रशासनले गर्ने त्यसको सजायको भागेदारी मलाई बनाउने उनले रुदै भनिन् ।

गत बर्षको शिक्षा संकाय मात्र १४ जना विद्यार्थीमात्रै अध्ययनरत भएता पनि क्याम्पस प्रशासनको गैरजिम्मेवारीपनले गर्दा उनलाई यो समस्या पैदा भएको हो । धेरै विद्यार्थी भएको भए पनि क्रुटि भयो भन्न सकिन्छ तर १४ जना विद्यार्थीमा पनि कसरी क्रुटि ह्ुन सक्छ यो सरासर क्याम्पसका कर्मचारीको गैरजिम्मेवारीपन र जवाफदेहिता नभएकोले भएको हो प्रिंयकाकी दिदी चन्द्रा रिमाल बताउँछिन् ।

 क्याम्पसका क्याम्पस प्रमुख रामजी सुवेदीले क्याम्पसबाट गल्ती भएको स्वीकार गरेका छन् । लेखापाल इश्वरी आचार्य र परिक्षा शाखाका बासु आचार्यले उनको प्रवेश कार्डको शुल्क टियूमा पुगेका बताए । मैले उनको कार्ड नआएपछि मिलाउनको लागि उनलाई परीक्षा दिन पनि लगाए तर  पछि क्याम्पसबाट प्रवेश कार्डको लागि आवश्यक रकम माथि पुगेको रहेन्छ जसका कारण उनको कार्ड रोकिएछ  सुवेदीले भने । पछि धेरै प्रयास गर्दा पनि उनको कार्ड आउन निश्चित देखिएन त्यसैले उनलाई पहिलो बर्षबाटनै पढ भनेको हुँ सुवेदीले भने ।
क्याम्पसबाट उनीमाथि ठूलो अन्याय भएको बताउँदै सुवेदीले त्यसको लागि आफुले उनलाई निशुल्क व्याचलर पुरा नभएसम्म पढाउने जिम्मा लिने बताए  । क्याम्पसको गल्तीको सजाय विद्यार्थीले हैन क्याम्पसलेनै भोग्नुपर्छ त्यसैले उनको स्नातक तह पुरा नभएसम्म निशुल्क पठाउने व्यवस्था मिलाउने छु क्याम्पस प्रमुख स्ुवेदीले भने । उनको एडमिशन कार्ड मिलाउने कोसिस गर्दा पनि नसकिएकाले अब क्याम्पस प्रशासनले उनलाई निशुल्क पढाउने व्यवस्था गर्न जरुरी रहेको औलाए । नियमित तर्फबाट अध्ययन गरेकी अधिकारीको व्याचल पुरा नभएसम्मको जिम्मा क्याम्पस प्रशासनले लिनेछ त्यसको लागि उनले माग गर्नुपर्छ म पहल गर्ने छु उनले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!