२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चौथो राष्ट्रिय महिला सम्मेलन सम्पन्न (तश्विर सहित)

१६ मंसिर २०७३, बिहीबार ०५:३१

मंसिर १६, काठमाण्डौ | एक्सनएड नेपालले महिलाको न्यायीक, आर्थिक, सामाजिक र राजीनितीक अधिकार सुनिश्चित गर्नको लागि युथ एड्भोकेसी नेपाल, राष्ट्रिय महिला अधिकार मंच, होमनेट नेपाल लगायतका संघ संस्थाहरुको सहकार्यमा राजधानीमा मंसिर १४ र १५ गते २ दिने चौथो राष्ट्रिय महिला सम्मेलन आयोजना गरेको छ । 

सम्मेलनमा वोल्दै महिलाको दृष्टिकोणवाट नागरिकताको प्रावधान विवेधकारी भएकोले त्यसलाई सच्याउने पर्ने कार्यक्रमकी प्रमुख अथिति महिला, वालवालिका, जेष्ठ नागरीक तथा समाज कल्याण समितिकी सभापति रन्जु कुमारी झाले वताईन । महिला, वालवालिका तथा जेष्ठ नागरिकका अधिकारलाई संस्थागत गर्न विद्यमान नीति, नियम तथा कानुन अप्रयाप्त भएकाले नयाँ नीति, नियम तथा कानुन वनाउनु पर्ने उनको जिकिर थियो । एक अर्को प्रसङ्गमा वालवालिक वलत्कार भएको उदारहण प्रस्तुत गर्दै वलत्कारीलाई कारवाही गर्नका लागि कडा कानुनको आवस्यकता भएको उनको जोड थियो । 

कार्यक्रममा वोल्दै महिला हिंसालाई अन्त्य गर्नका लागि महिला र पुरुषहरु विचको शक्ति सम्बन्धलाई फेनु पर्ने महिला अधिकारकर्मी आरती चटौतका दावी थियो । 

त्यस्तै गरी, पितृसतात्मक सोच र व्यवहारको कारणले महिलाहरु अधिकारवाट वञ्चित भएकाले उक्त सोच र व्यवहारलाई रुपान्तरण गर्न महिला मात्र नभएर पुरुषहरु पनि संग्लग्न हुन पर्ने महिला अधिकारकर्मी मालती मास्केको जिकिर थियो । 


महिला हिंसा अन्त्य गर्नका लागि समाजमा रहेको अन्यायापुर्ण सम्बन्धलाई फेर्नु पर्ने एक्सनऐड नेपालका देसिय निर्देशक विमल कुमार फुँयालको भनाई थियो । नेपालमा संचालन भएका धेरै जसो सामाजिक आन्दोलनहरु विरोधका लागि विरोध मात्र भएकाले सामाजिक आन्दोलनहरु विकल्प सहित आउनु पर्नेमा उनको जोड थियो । एक अर्को प्रसङ्गमा गरीवी जस्ताको तस्तै राखेर, विद्यमान अन्यायपुर्ण समग्र परिवेशलाई नफेरिकन महिला मुक्ति सम्भव नहुनेमा उनको जिकिर थियो । 

२ दिन सम्म चलेको सम्मेलनमा जनमुखी दीगो विकास र महिला अधिकारका सम्बन्धमा ८ वटा भन्दा वढी कार्यपत्र प्रस्तुती भएको थियो । सम्मेलनमा ४० वटा भन्दा जिल्लाका करिव १५० जना सहभागीहरुको उपस्थिति थियो । कार्यक्रममा स्थानियस्तरमा महिलाहरुले भोगीरहेका चुनौती, उनीहरुका सिकाई तथा सामधानका उपायहरुको सम्बन्धमा सहभागीहरुले आफ्ना भनाईहरु राखेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ