१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

आफ्नै छोराको हत्या गर्नेलाई आजीवन कारावास

१७ मंसिर २०७३, शुक्रबार ०३:२८

मङ्सिर १७, जाजरकोट । परपुरुषसँगको अवैध यौन सम्पर्कबाट जन्मेको बच्चालाई हत्या गरेको अभियोगमा जाजरकोटमा एक महिलालाई सर्वस्वसहित आजीवन कारावासको सजाय हुने भएको छ । 

भेरीमालिका नगरपालिका–१३ कुदु्की कमला विकलाई यस्तो सजाय सुनाइएको हो । जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले आफ्नै सन्तानको हत्याको अभियोगमा कमलालाई उक्त सजाय गरेको हो । कमलाका पति राजु विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका छन् । 

पति वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँगको अवैध यौन सम्पर्कबाट ६ असोजमा जन्मेको छोरालाई उनले केही बेरमै हत्या गरेर नजिकैको खोलामा लगेर फालेकी थिइन् । 

उनका ससुरा रामे कामीको जाहेरीका आधारमा कमलालाई यसअघि नै प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल