२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

प्रतिष्ठानका आकस्मिक बाहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प, बिरामि मर्कामा

२०७३, १७ मंसिर शुक्रबार ०३:४५

नन्दराम जैशी/मंसिर १७, जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा बिहिबारदेखि आकस्मिक बाँहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प भएपछि बिरामि मर्कामा परेका छन् । 

प्राध्यापक डाक्टर गोविन्द केसीले थालेको १० औँ पटकको आमरण अनसनमा सरकारको ध्यानाकर्षण नभएको भन्दै प्रतिष्ठान परीवारले आकस्मिक बाँहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामि मर्कामा परेका हुन् ।

प्रतिष्ठानमा एक हप्ता यता बिरामिलाइ उपचारका लागि आउनु भएका मुगु रोवा ५ का धर्म बुढाले स्वास्थ्य सेवा बन्दले बिरामिलाइ असर परेको भन्दै उपचारमा ढिलाइ भएको बताएका छन् ।   

आफ्नि श्रिमतिको पाठेघरको सल्यक्रियाका लागि जुम्ला पुग्नु भएका बुढाले स्वास्थ्य सेवा बन्दले उपचारमा हुने ढिलाइका कारण आर्थिक संकटले सताउने बताउनुभयो । यता प्रतिष्ठानका डाक्टरहरुले धर्म बुढाकि श्रिमतिको पाठेघरको सल्यक्रियाका लागि उपचारमा कुनै ढिलाइ नभएको र उपचारमा कुनै कसुर नराख्ने बताएका छन् । 

डा केसिका मागप्रति सरकारले गैर जिम्मेवार ढंगले बेवास्था गरेको भन्दै प्रतिष्ठानले अनिश्चित रुपमा आकस्मिक बाँहेक अन्य सबै स्वास्थ्य सेवा आजदेखि ठप्प पारेको छ । साथै प्रतिष्ठानका डा हरीहर देबकोटाद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा डा केसिको आमरण अनसनको १९ दिन पुगेकाले उहाको जिबन रक्षाका लागि सबै निकायले केसिको मागप्रति ध्यानदिनु पर्ने उल्लेख गरीएको छ । डा देबकोटाका अनुसार आकस्मिक बाँहेक अन्य सबै स्वास्थ्य सेवा ठप्प पारेपछि बिरामिमा पर्न जाने असुविधा प्रति प्रतिष्ठान परीवारले क्षमा मागेको छ । 

स्वास्थ्य, शिक्षा सेवामा सुधारको माग गर्दे डाक्टर केसी अनसनरत रहनु भएको छ । स्वास्थ्य, शिक्षा क्षेत्रमा भएको विकृति र विसंगतिका विरुद्धमा केसीले थालेको अनसनमा आफुहरुले सर्मथन जनाएको प्रतिष्ठानका कार्यालय सचिव चेतवहादुर रोकायाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का