१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङमा अब बन्ने भवनहरु अपाङ्गमैत्री बनाउन माग

१८ मंसिर २०७३, शनिबार ०५:५३

मंसिर १८, धादिङ । अब बन्ने भवनहरु अपाङ्गमैत्री बनाउन सरोकार भएकाहरुले माग गरेका छन् । 

भवन आचारसंहिता लागू भएको लामो समय भइसक्दा सदरमुकाममा रहेका सरकारी भवन समेत अपाङ्गमैत्री छैनन् । महिला तथा बालबालिका कार्यालयसहित विभिन्न सङ्घसंस्थाले संयुक्त रुपमा शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा अपाङ्गता भएकाहरुले प्रजिअसँग सो माग गरेका हुन् । 

हालै निर्माण भएको घरेलु तथा साना उद्योग विकास समितिको तालिम कक्ष र शौचालय अपाङ्गमैत्री छैनन् । जिल्ला अस्पतालको प्रशासन फाँट तीन तला माथि रहेकाले प्रयोगमा समस्या छ । जिल्लाका सरकारी कार्यालयमा अपाङ्गता भएकाहरुको पहुँच नभएको र हाल निर्माण भइरहेका विद्यालय अपाङ्गता भएकाहरुको पहुँचभन्दा टाढा रहेको जनाइएको छ । 

सहभागीको प्रश्नको उत्तर दिँदै निमित्त प्रजिअ लीलाधर अधिकारीले अब बन्ने भवनलाई अपाङ्गमैत्री बनाउन पहल गरिने, सरकारी र गैरसरकारी निकायको कार्यालयलगायत सेवा अपाङ्गमैत्री बनाइने बताउँदै सरकारको नीति लागू गराउनका लागि सबै नागरिकलाई अपाङ्गमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु