२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पोषण तथा खाद्य सुरक्षा पैरवि कार्यक्रम सदरमुकाम मंगलसेनमा सम्पन्न

२० मंसिर २०७३, सोमबार ०४:१७

कमल रावल | मंसिर २०, अछाम | पोषण तथा खाद्य सुरक्षा पैरवि कार्यक्रम सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । पोषणको क्षेत्रमा काम गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय अछाम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय मार्फत हाल सम्म भएको कामको प्रगतिको बारेमा जानकारी गराईएको थियो । \

पोषण क्षेत्रको सुधारका लागि विगत ४ वर्ष देखि अछामका १० गाबिसलाई कार्यक्षेत्र बनाएर काम भईरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले जानकारी दिनु भयो । अछामको कुन्तिवण्डाली, बस्ती, मंगलसेन, ओलिगाउ लगाएत गरि १० गाबिसलाई छनोट गरि कार्य थालिएकोमा अहिले स्वास्थ्यको क्षेत्रमा निकै सधार आएको प्रतिवेदन उहाँले सार्वजनिक गर्नु भएको थियो । सुरुमा गाबिस छनोट गर्दा अछाम जिल्लामा वालवालिकामा ६८ प्रतिशत पुडकोपन, १२ प्रतिशत ख्याउटे पन भेटिएको बताए । पैरवी कार्यक्रममा बोल्दै खाद्य सुरक्षा लागु ओलिगाउका आमा समुह सदस्य टँक बोहराले यतिबेला समुहलाई प्रत्येक घरमा बाख्रा वितरण गरिएको र यसले सबैलाई व्यावसायिक रुपमा आयाआर्जन तर्फ उन्मुख गरेको जानकारी दिनु भयो । सबै कृषकलाई घरपाल्तु जनावरको नियमीत उपचार गर्नु पर्छ भन्ने विचारमा समेत सोच जानकारी दिनु भयो । 

स्वास्थ्य चौकी घुघुरकोटका ईञ्चार्ज बम भट्टले यतिबेला गाबिस स्तरका आमा समुह निकै सक्रिय भएका जानकारी दिए । यतिबेला आफना वालवालिकाको नियमित स्वास्थ्य राम्रो राख्नका लागि हरेक बार खाना ४ का साथ अभियानमा लागेका जानकारी दिए । कार्यक्रममा जिल्ला स्थित राजिनितिक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी, संञ्चारकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालनको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक प्रभुनाथ देवकोटाले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला