२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पोषण तथा खाद्य सुरक्षा पैरवि कार्यक्रम सदरमुकाम मंगलसेनमा सम्पन्न

२०७३, २० मंसिर सोमबार ०४:१७

कमल रावल | मंसिर २०, अछाम | पोषण तथा खाद्य सुरक्षा पैरवि कार्यक्रम सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ । पोषणको क्षेत्रमा काम गरिरहेका जिल्ला स्वास्थ्य कार्यालय अछाम, जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशुसेवा कार्यालय मार्फत हाल सम्म भएको कामको प्रगतिको बारेमा जानकारी गराईएको थियो । \

पोषण क्षेत्रको सुधारका लागि विगत ४ वर्ष देखि अछामका १० गाबिसलाई कार्यक्षेत्र बनाएर काम भईरहेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले जानकारी दिनु भयो । अछामको कुन्तिवण्डाली, बस्ती, मंगलसेन, ओलिगाउ लगाएत गरि १० गाबिसलाई छनोट गरि कार्य थालिएकोमा अहिले स्वास्थ्यको क्षेत्रमा निकै सधार आएको प्रतिवेदन उहाँले सार्वजनिक गर्नु भएको थियो । सुरुमा गाबिस छनोट गर्दा अछाम जिल्लामा वालवालिकामा ६८ प्रतिशत पुडकोपन, १२ प्रतिशत ख्याउटे पन भेटिएको बताए । पैरवी कार्यक्रममा बोल्दै खाद्य सुरक्षा लागु ओलिगाउका आमा समुह सदस्य टँक बोहराले यतिबेला समुहलाई प्रत्येक घरमा बाख्रा वितरण गरिएको र यसले सबैलाई व्यावसायिक रुपमा आयाआर्जन तर्फ उन्मुख गरेको जानकारी दिनु भयो । सबै कृषकलाई घरपाल्तु जनावरको नियमीत उपचार गर्नु पर्छ भन्ने विचारमा समेत सोच जानकारी दिनु भयो । 

स्वास्थ्य चौकी घुघुरकोटका ईञ्चार्ज बम भट्टले यतिबेला गाबिस स्तरका आमा समुह निकै सक्रिय भएका जानकारी दिए । यतिबेला आफना वालवालिकाको नियमित स्वास्थ्य राम्रो राख्नका लागि हरेक बार खाना ४ का साथ अभियानमा लागेका जानकारी दिए । कार्यक्रममा जिल्ला स्थित राजिनितिक दलका प्रतिनिधी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधी, संञ्चारकर्मिको सहभागिता रहेको थियो । कार्यक्रमको संञ्चालनको जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक प्रभुनाथ देवकोटाले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी