मङ्सिर २०, भक्तपुर । आफ्नै घर नजिकैको सडकमा लडेको अवस्थामा आज फेला पारिएका सूर्यविनायक नगरपालिका–९ नखेलका ३२ वर्षीय रामसुन्दर कासुलाको मृत्यु भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार घरदेखि २०० मिटर तल सडकमा लडेको अवस्थामा भेटिएका कासुलालाई उनकै काका रामकृष्ण कासुलाले फेला पारी उपचारका लागि मध्यपुर अस्पताल पु¥याइएको र उनको अस्पतालमै मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले प्रारम्भिक अनुसन्धानबाट मृतकले मादक पदार्थ सेवन गरेको पाइए पनि मृत्यु भवितव्य वा हत्या के हो भन्ने बारेमा प्रहरीले आजैदेखि अनुसन्धान सुरु गरेको बताउनुभयो ।