२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा कपको विजेतालाई ५ लाख ५५ हजार

१९ चैत्र २०७२, शुक्रबार ०५:१४

चैत १९, पोखरा ।
पाँचौ संस्करणको पोखरा कप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ

आयोजक कास्की जिल्ला फुटबल संघले विहिबार पोखरामा प्रतियोगिता
बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी बृद्धि गरिएको जानकारी दिएको हो । विजेताले
नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

चौथो संस्करणमा ३ लाख ५५ हजार रुपैयाँ रहेको पुरस्कार राशीमा यस पटक १ लाख ४५ हजार
बृद्धि गरि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ पु¥याइएको एन्फा कास्कीका अध्यक्ष धरमबहादुर लामिछानेले
जानकारी दिए ।

त्यस्तै उपविजेताले नगद २ लाख ५५ हजार ५ सय ५५
रुपैयाँ, ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । चौथो संस्करणको उपविजेताले २ लाख १ हजार प्राप्त
गरेको थियो यस पटक ५४ हजार रुपैयाँ बृद्धि गरिएको अध्यक्ष लामिछानेले बताए ।

प्रतियोगिता चैत ३० देखि बैशाख ११ गतेसम्म पोखरा रगंशालामा गर्ने तयारी गरिएको एन्फा
उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा थ्रि स्टार, मनाङमस्याङर्दी, नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीको
(एपिएफ), झापा ११, धरान ११, रुपन्देही ११, सिमरा ११ र पोखरा ११ सहभागी हुने पक्का भएको एन्फा कास्कीले
जनाएको छ । प्रतियोगितामा सहभागी हुने दुई विदेशी टिम बारे कुराकानी भैरहेको भएपनि निश्चित नभएको
अध्यक्ष लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता