१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संसद विकास कोषको रकम मनोमानी बाडफाँड भएको भन्दै अनसन

२५ मंसिर २०७३, शनिबार ०३:५२

कमल रावल | मंसिर २५, अछाम | २०७३ को अछाम क्षेत्र नम्बर २ को साँसद बिकास कोषको रकम मनोमानि ढँगमा बाडफाड भएको भन्दै अछामको नाडा गाबिसमा एक जनाले अनसन सुरु गरेका छन ।

अछाम क्षेत्र नम्बर २ अन्र्तगत साँसद भरत साउद मार्फत ३ करोड रकम निर्णय विपरित बाडफाड भएको भन्दै नाडा गाबिस वडा नम्बर ६ गाउखेत निवासि तेज बहादुर शाहीले अनसन सुरु गरेका हुन । २०७० सालमा पार्टीलाई जिताउनका लागि आफुले ठुलो योगदान दिएको भन्दै पटक साँसद बिकास कोषको रकम बाडफाड गर्दा आफनो क्षेत्रलाई उपेक्षा गरिएको भन्दै उहाँले अनसन सुरु गरेको बताईएको छ । एमाले नाडा गाबिसको २ पटक अध्यक्ष तथा ईलाका नम्बर १३ को ईलाका उपाध्यक्ष समेत भईसकेका ४३ बर्षि शाही अहिले कालिकेश्वरी मावि नाडाको स्थलमा रहेकोे सरस्वति मन्दिरमा उहाँले अनसन जारी राख्नु भएको छ ।

शुक्रबार २ बजे अनसन सुरु गरेका शाहीका अनुसार यसअघि गाबिस तथा ईलाकाबाट तुर्माखाद ढुगाचाल्ना ग्रामिण सडकलाई रकम विनियोजन गर्ने निर्णय पारित गराउदा समेत मनोमानि रुपमा विनियोजित भएको उहाँको आरोप छ । आफनो माग पुरा नभए अनसन नतोडने बरु भोक भौकै मर्न तयार रहेको जानकारी दिए । अहिले सम्म नेपाली काग्रेस, माओवादि केन्द्रका कार्यकर्ताले भेटगरि अनसनलाई समर्थित गरि सकिएको बताईएको छ । नागरिक स्तरबाट यसरी अछाममा पहिलो पटक अनसन सुरु भएको छ । केहिदिन अघि मात्र अछाम क्षेत्र नम्बर २ का साँसद भरत साउद ३ करोड रकम विभिन्न योजनामा रकम विनियोजित गरेर काठमाण्डौँ गईसक्नु भएको छ । उहाँसंग जानकारी लिदा आफु काठमाण्डौँ बाट नाडा तथा ढुगाचाल्ना जोडने ग्रामिण सडकमा रकम विनियोजित गर्नका लागि आएको र जिल्ला बिकास समिती मार्फत ८ लाख विनियोजित भएकाले रकम दोहोरनपरोस भनि यस्तो गरिएको उहाँले जानकारी दिनु भयो । तर ३ करोड विनियोजित सिलिगँ हेर्दा अछामका अधिकाँश ग्रामिण सडकको दोहोरो हुने गरि बजेट विनियोजित भएको पाईएको छ ।

यस वर्ष जिल्लामा २५ योजनामा ३ करोड विनियोजित भएको छ । जसमा उहाँको क्षेत्र ईलाका नम्बर १० मात्र ७५ लाख लाख रकम विनियोजित भएको पाईएको छ । जहाँ साँसद भरत साउदको आफनो गाबिसमा मात्र ४० लाख रकम विनियोजित गराउनु भएको छ ।

निर्वाचन क्षेत्र बिकासको विनियोजित बजेटको नमुना यसप्रकार छ:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु