२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

संसद विकास कोषको रकम मनोमानी बाडफाँड भएको भन्दै अनसन

२०७३, २५ मंसिर शनिबार ०३:५२

कमल रावल | मंसिर २५, अछाम | २०७३ को अछाम क्षेत्र नम्बर २ को साँसद बिकास कोषको रकम मनोमानि ढँगमा बाडफाड भएको भन्दै अछामको नाडा गाबिसमा एक जनाले अनसन सुरु गरेका छन ।

अछाम क्षेत्र नम्बर २ अन्र्तगत साँसद भरत साउद मार्फत ३ करोड रकम निर्णय विपरित बाडफाड भएको भन्दै नाडा गाबिस वडा नम्बर ६ गाउखेत निवासि तेज बहादुर शाहीले अनसन सुरु गरेका हुन । २०७० सालमा पार्टीलाई जिताउनका लागि आफुले ठुलो योगदान दिएको भन्दै पटक साँसद बिकास कोषको रकम बाडफाड गर्दा आफनो क्षेत्रलाई उपेक्षा गरिएको भन्दै उहाँले अनसन सुरु गरेको बताईएको छ । एमाले नाडा गाबिसको २ पटक अध्यक्ष तथा ईलाका नम्बर १३ को ईलाका उपाध्यक्ष समेत भईसकेका ४३ बर्षि शाही अहिले कालिकेश्वरी मावि नाडाको स्थलमा रहेकोे सरस्वति मन्दिरमा उहाँले अनसन जारी राख्नु भएको छ ।

शुक्रबार २ बजे अनसन सुरु गरेका शाहीका अनुसार यसअघि गाबिस तथा ईलाकाबाट तुर्माखाद ढुगाचाल्ना ग्रामिण सडकलाई रकम विनियोजन गर्ने निर्णय पारित गराउदा समेत मनोमानि रुपमा विनियोजित भएको उहाँको आरोप छ । आफनो माग पुरा नभए अनसन नतोडने बरु भोक भौकै मर्न तयार रहेको जानकारी दिए । अहिले सम्म नेपाली काग्रेस, माओवादि केन्द्रका कार्यकर्ताले भेटगरि अनसनलाई समर्थित गरि सकिएको बताईएको छ । नागरिक स्तरबाट यसरी अछाममा पहिलो पटक अनसन सुरु भएको छ । केहिदिन अघि मात्र अछाम क्षेत्र नम्बर २ का साँसद भरत साउद ३ करोड रकम विभिन्न योजनामा रकम विनियोजित गरेर काठमाण्डौँ गईसक्नु भएको छ । उहाँसंग जानकारी लिदा आफु काठमाण्डौँ बाट नाडा तथा ढुगाचाल्ना जोडने ग्रामिण सडकमा रकम विनियोजित गर्नका लागि आएको र जिल्ला बिकास समिती मार्फत ८ लाख विनियोजित भएकाले रकम दोहोरनपरोस भनि यस्तो गरिएको उहाँले जानकारी दिनु भयो । तर ३ करोड विनियोजित सिलिगँ हेर्दा अछामका अधिकाँश ग्रामिण सडकको दोहोरो हुने गरि बजेट विनियोजित भएको पाईएको छ ।

यस वर्ष जिल्लामा २५ योजनामा ३ करोड विनियोजित भएको छ । जसमा उहाँको क्षेत्र ईलाका नम्बर १० मात्र ७५ लाख लाख रकम विनियोजित भएको पाईएको छ । जहाँ साँसद भरत साउदको आफनो गाबिसमा मात्र ४० लाख रकम विनियोजित गराउनु भएको छ ।

निर्वाचन क्षेत्र बिकासको विनियोजित बजेटको नमुना यसप्रकार छ:


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी