३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटकीय गाऊँ घान्द्रुकमा नयाँवर्ष मेला

२८ चैत्र २०७२, आईतवार ००:४५

ghandrukचैत २८, पोखरा । नयाँबर्षको अवसरमा घान्द्रुकमा मेला लाग्ने भएको छ । रोधीं क्लबले स्थापनको आठौँ
वार्षिकोत्सवको अवसर पारेर पर्यटकीय गाऊँ घान्द्रुकमा मेलाको आयोजना गरेको हो । बैशाख १ गतेदेखि शुरु
हुने मेला ४ गतेसम्म चल्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धन मेलाको मुख्य उद्देश्य भएको आयोजक
रोधीं क्लबले जनाएको छ । ‘ढुंगेनी गाऊँ घान्द्रुक (कोंड)मा पर्यटकहरु भित्राउनुसँगै स्थानिय सँस्कृतिको
जगेर्ना र खेलकुदको विकासका लागि हामीले मेलाको आयोजना गरेका हौँ ।’ पत्रकार सम्मेलनमा मेलाका
प्रचारप्रसार सँयोजक अमृत लामा (गुरुङ)ले भने–‘विदेशिएका घान्द्रुकेहरुलाई गाऊँमै फर्काउन पनि मेलाले
सहयोग गर्ने हाम्रो अपेक्षा छ ।’

एक्याप अन्तरगत पर्ने
घान्द्रुकमा मेलाकै अवसरमा विश्व वन्यजन्तु सप्ताह २०७३ पनि मनाउने क्लबले जनाएको छ । चार दिनसम्म चल्ने
मेलामा स्थानिय रहनसहन, वेशभुषा र खानपिन विशेष आकर्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो । त्यो
सँगै मेला अवधीमा क्लबस्तरिय पुरुष भलिबल, महिला भलिबल, बास्केटबल लगाएतका प्रतियोगिता पनि हुने क्लबका
सचिव तथा खेल सँयोजक राजबहादुर गुरुङले बताए । त्यस्तै छेलो प्रतियोगिता, म्यूजिकल चियर, बेलुन फुटाउने
प्रतियोगिता, घैँटो फुटाउने जस्ता रमाईला खेलहरु पनि मेलाको आकर्षण रहेको आयोजकले बताएको छ ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रोलाई ३० हजार
र तेस्रोलाई १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले बताएको छ । त्यस्तै
महिलातर्फ भलिबलमा प्रथम हुने टिमले २० हजार र दोस्रो हुने टिमले १० हजार रुपैयाँ नगदसँगै शिल्ड, मेडल र
प्रमाणपत्र प्राप्त गर्नेछन् । बास्केटबल पुरुषतर्फ मात्र हुनेछ । बास्केटबलमा प्रथम हुने टिमले ३० हजार
र दोस्रो हुने टिमले २० हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विभिन्न खेलकुदसँगै हरेक दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुको गायन तथा नृत्य
प्रस्तुती रहने आयोजकले बताएको छ । मेला अवधीभर पर्यटकलाई घान्द्रुकका सम्पूर्ण होटलहरुले प्याकेजमा
खाने र बस्ने व्यवस्था गरेका छन् । खेलाडिको हकमा प्रति खेलाडि बे्रकफास्ट, लञ्च, डिनर र सुत्ने कोठा
गरि दैनिक ८ सय रुपैयाँको प्याकेज होटलहरुले दिएका छन् । अन्य पर्यटकका लागि साविकको तुलनामा २० प्रतिशत
कम मुल्यमा प्याकेज उपलब्ध गराउने घान्द्रुकका होटल संचालकहरुले जनाएका छन् ।

घान्द्रुक मेलाका लागि ४८ वटा जीप र करिब १० वटा बसको व्यवस्था गरिएको आयोजकले बताएको
छ । पोखराको हरिचोकबाट जीप र बस लाग्छन् । करिब दुई घण्टा गाडीको यात्रा र आधा घण्टाको पैदलयात्रा पछि
घान्द्रुक पुगिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’