३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

युवा संघ कपमा सोमबारदेखि क्वाटरफाइनलका खेल

२८ चैत्र २०७२, आईतवार १४:३१

चैत २८, पोखरा । युवा संघ कास्कीको आयोजनामा लेखनाथमा जारी दोस्रो युवा संघ कप
सेभेन ए साइड फुटबल प्रतियोगितामा अन्र्तगत आइतबार सम्पन्न खेलमा युवा संघ रातो, युवा संघ पोखरा २,
संघर्ष युवा क्लब र युवा संघ पोखरा २६ क्वाटरफाइनल प्रवेश गरेका छन् । आइतबार भएको खेलमा यूवा
कास्की(रातो)ले योङस्टार क्लबलाई १–० को कठिन जित निकाल्दै क्वाटरफाइलन प्रवेश गरेको हो ।

युवा संघको जितमा सुवास तामाङले निर्णायक गोल गरे । अर्को खेलमा युवा संघ
पोखरा २ ले वाकओभर पाउदै क्वटरफाइनल प्रवेश सहज बनायो । मालेपाटन यूनाइटेड निधारित समय भन्दा एक घण्टा
ढिलो गरेपछि युवा सघ स्वत क्वाटरफाइनल प्रवेश गरेको हो । तेश्रो खेलमा संघर्ष युवा क्लबले शुभतारा युवा
क्लबलाई ३–० गोलले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान पक्का गर्यो ।

संघर्षकोजितमा कुशल राना, साजन गुरुङ र सुमन सुवेदीले एक एक गोल गरे । चौथो खेलमा युवा सघ
पोखरा २६ ले युवा संघ क्षेत्र नम्वर एक लाई १–० को नतिजा निकाल्दै क्वाटरफाइनल प्रवेश गर्यो । युवा
संघको जितमा यमन महर्जनले एकमात्र निर्णायक गोल गरे ।

प्रतियोगिता अन्र्तगत सोमबार त्रिशक्ति युवा क्लब र संघर्ष युवा क्लब वीच हुने छ भने अर्को
खेल युवा संघ निलो र युवा संघ पोखरा २ वीच हुने छ । त्यस्तै अनेरास्ववियू पिएनसी र युवा संघ रातो वीच र
युवा संघ रातो वीच तथा युवा संघ २९ र युवा संघ पोखरा २६ वीच हुने प्रतियोगिता संयोजक नविन पुनले जानकारी
दिए ।

यसैवीच प्रतियोगिताको फाइनल खेल चैत ३० गते हुने भएको छ ।
बैशाख १ गते हुने भनिएपनि पोखरा विमानस्थल शिलान्यास कार्यक्रम रहेकाले ३० गते फाइनल खेल राखिएको युवा
संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

बैशाख १
गतेसम्म संचालन हुने प्रतियोगितामा २२ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेता टिमले १ लाख
११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ५५
हजार ५ सय ५५ रुपैयाँ जित्ने युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले जानकारी दिए ।
प्रतियोगिमा
उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक नविन
पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’