२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा आठौ राष्ट्रपति रनिङ्ग शिल्डको तयारी तीव्र

२०७३, १३ बैशाख सोमबार ०१:४२

शिव
न्यौपाने बैशाख १३, पोखरा ।
कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय
खेलकुद प्रतियोगिता २०७२ को तयारी तीव्र पारिएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोेजनामा
बैशाख १५ देखि १७ गतेसम्म पोखरा रगंशालामा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला
खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।


प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालले गर्ने कार्यक्रम
रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।


प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कवडडी, एथ्लेटिक्स तर्फ एक
सय, दुई सय, चार सय, १५ सय, ५ हजार मिटर दौडल, चार गुणा चार सय र ४ गुणा एक सय मिटर रिले दौड संचालन
हुने छन ।

त्यस्तै हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग
थ्रो ८ सय ग्राम(छात्र), ६ सय ग्राम९छात्रा० र सटपुट १२ पाउण्ड छात्रा र ८ पाउण्ड छात्रामा प्रतिस्पर्धा
हुने प्रमुख बरालले जानकारी दिए । भलिबल र कबड्डी तर्फ प्रथम, द्धितिय हुनेले पदक सहित प्रमाणपत्र र ४२
र २८ अंक प्रदान गरिने तथा सेमी फाइनलमा सहभागी भएका बाँकी दुई टिमलाई १४÷१४ अंक प्रमाणपत्र दिइने छ ।
एथलेटिक्सका प्रत्येक इभेन्टमा प्रमथ, द्धितिय र तृतिय हुनेलाई प्रमाणपत्र सहित ७,५, ४ र चौथो, पाँचौ र
छैठौ हुनेलाई ३ र २ अंक दिइने छ ।

भलिबल र एथेलेटिक्समा छात्र
छात्राको अंकका आधारमा विद्यालयको स्थान छुटटाई विजयी घोषणा गरिने प्रमुख बरालले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट हुन सफल छात्र एक जना र छात्रा एक खेलाडीलाई एक वषेका लागी छात्रबृत्ति प्रदान
गरिने छ । प्रथम द्धितिय र तृतिय हुने विद्यालयलाई १५ हजार, १२ हजा, ९ हजार रुपैयाँ पुरस्कार प्रदान
गरिने बरालले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुन सफल एक
छात्र र छात्रालाई जनही दश दश हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास
समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा सामुदायिक विद्यालयलाई सवै इभेन्टमा
सहभागी भए प्रोत्साहन रकम दश हजार उपलब्ध गराइने छ ।


प्रतियोगितामा सहभागी हुन कास्कीमा संचालित विद्यालयलाई परिपत्र समेत गरेको छ ।
प्रतियोगितामा सहभागी हुने विद्यालयले बैशाख १४ गतेसम्म टिम दर्ता गराउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ