४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा आठौ राष्ट्रपति रनिङ्ग शिल्डको तयारी तीव्र

१३ बैशाख २०७३, सोमबार ०१:४२

शिव
न्यौपाने बैशाख १३, पोखरा ।
कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति रनिङ्ग शिल्ड तथा विद्यालय
खेलकुद प्रतियोगिता २०७२ को तयारी तीव्र पारिएको छ । कास्की जिल्ला खेलकुद विकास समितिको आयोेजनामा
बैशाख १५ देखि १७ गतेसम्म पोखरा रगंशालामा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जिल्ला
खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।


प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवं एमाले नेता झलनाथ खनालले गर्ने कार्यक्रम
रहेको जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।


प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कवडडी, एथ्लेटिक्स तर्फ एक
सय, दुई सय, चार सय, १५ सय, ५ हजार मिटर दौडल, चार गुणा चार सय र ४ गुणा एक सय मिटर रिले दौड संचालन
हुने छन ।

त्यस्तै हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, ज्याभलिङ्ग
थ्रो ८ सय ग्राम(छात्र), ६ सय ग्राम९छात्रा० र सटपुट १२ पाउण्ड छात्रा र ८ पाउण्ड छात्रामा प्रतिस्पर्धा
हुने प्रमुख बरालले जानकारी दिए । भलिबल र कबड्डी तर्फ प्रथम, द्धितिय हुनेले पदक सहित प्रमाणपत्र र ४२
र २८ अंक प्रदान गरिने तथा सेमी फाइनलमा सहभागी भएका बाँकी दुई टिमलाई १४÷१४ अंक प्रमाणपत्र दिइने छ ।
एथलेटिक्सका प्रत्येक इभेन्टमा प्रमथ, द्धितिय र तृतिय हुनेलाई प्रमाणपत्र सहित ७,५, ४ र चौथो, पाँचौ र
छैठौ हुनेलाई ३ र २ अंक दिइने छ ।

भलिबल र एथेलेटिक्समा छात्र
छात्राको अंकका आधारमा विद्यालयको स्थान छुटटाई विजयी घोषणा गरिने प्रमुख बरालले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट हुन सफल छात्र एक जना र छात्रा एक खेलाडीलाई एक वषेका लागी छात्रबृत्ति प्रदान
गरिने छ । प्रथम द्धितिय र तृतिय हुने विद्यालयलाई १५ हजार, १२ हजा, ९ हजार रुपैयाँ पुरस्कार प्रदान
गरिने बरालले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुन सफल एक
छात्र र छात्रालाई जनही दश दश हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिने कास्की जिल्ला खेलकुद विकास
समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा सामुदायिक विद्यालयलाई सवै इभेन्टमा
सहभागी भए प्रोत्साहन रकम दश हजार उपलब्ध गराइने छ ।


प्रतियोगितामा सहभागी हुन कास्कीमा संचालित विद्यालयलाई परिपत्र समेत गरेको छ ।
प्रतियोगितामा सहभागी हुने विद्यालयले बैशाख १४ गतेसम्म टिम दर्ता गराउन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’