४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा रगंशालामा शौचालय र फुटट्रयाक बन्ने

१३ बैशाख २०७३, सोमबार ०३:१८

शिव न्यौपाने/ बैशाख १३, पोखरा । पोखरा रगंशालाको एथलेटिक्स ट्रयाक मर्मत हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास
समितिले ट्रयाक मर्मत गरिदिने भएको हो । करिव २६ लाख रुपैयाँको लागतमा मर्मत गर्ने भएको पश्चिमाञ्चल
क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । समितिको आइतबार बसेको बैठकले
ट्रयाकमा सुर्की (इटटाको धुलो) हाल्ने भएको हो । पोखरा रगंशालाको फुटबल मैदान वरिपरी रहेको ट्रयाक ५ सय
मिटर रहेको छ ।

त्यस्तै समितिले पोखरा रगंशालाभित्र
शौचालय निर्माण समेत गरिदिने भएको छ । पोखरा रगंशालाभित्रै कार्यालय रहेकाले समितिले आफनै बजेटमा शौचालय
निर्माण गर्न लागेको अध्यक्ष पौडेलले बताए । शौचालय नहुदाँ खेलाडीले दिशा र पिसाव फेर्न झाडीमा
जानुपर्ने अवस्था रहेको थियो ।

समितिले करिव ६ लाखको लागतमा
महिला पुरुष गरि चार ओटा सौचालय निर्माण सुरु गर्ने निर्णय गरेको छ । रगंशालाभित्र रहेको क्याटिन नजिकै
शौचालय निर्माण गर्ने भएको हो । समितिले पोखरा रगंशालाको पश्चिम पटटी९सेती नदी किनार०मा फुटट्रयाक
निर्माण गर्ने भएको छ ।

रगंशालाको अन्य क्षेत्रमा भूपू खेलाडी
मञ्चले यसअघि फुटट्रयाक निर्माण गरेको भएपनि सेती नदी किनार तर्फ खाली रहेकाले खेलाडीलाई हिडन सहजहोस
भन्ने हेतुले ट्रयाक निर्माण गर्ने निर्णय भएको अध्यक्ष पौढडेलले बताउनुभयो ।

एथलेटिक्स ट्रयाक, शौचालय निर्माण र ट्रयाक निर्माणका लागी राष्ट्रिय खेलकुद परिषद्
मार्फत क्षेत्रिय खेलकुद परिषद्बाट बजेट आइसकेको छ । फुटट्राक पश्चिम साइडको करिव ३ सय मिटरमा निर्माण
गर्ने तयारी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’