२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीमा राष्ट्रिय पत्रकारिता दिवस भव्यताका साथ मनाइने

२०७३, १६ बैशाख बिहीबार ०२:३२

Reporter's notebookशिव न्यौपाने । पोखरा १६
बैशाख । प्रथम राष्ट्रिय पत्रकारिता दिवस कास्कीमा यही बैशाख २३ देखि २५ गतेसम्म भव्यताका साथ मनाइने
भएको छ । राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समिति कास्कीका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी
हरिप्रसाद मैनालीको अध्यक्षतामा बसेको बैठकले २३ देखि २५ गते तीन दिनसम्म साँझ कास्कीका सबै संचार गृहमा
मैनबत्ती बाल्ने निर्णय गरेको छ ।

साथै बैठकले पत्रकारिता
दिवसका दिन बैशाख २४ गते नेपाल पत्रकार महासंघ कास्कीमा नेपालको संबिधान कार्यान्वयनमा संचार माध्यमको
भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको जिल्ला विकास समिति कास्कीका सूचना अधिकृत
किर्तनराज पौडेलले जानकारी दिनुभयो । दिवसकै अवसर पारेर बैशाख २५ गते महतगौंडा स्थित बृद्धाश्रममा फलफूल
वितरण गरिनेछ ।

बैठकले समितिमा कास्की जिल्लामा संचार क्षेत्रमा
उल्लेखनीय भूमिका निर्वाह गर्ने पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की र महासंघकै पूर्व
केन्द्रिय सदस्य दुर्गा भण्डारीलाइ मूल समारोह समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको समितिका सदस्य
एवं पत्रकार महासंघ कास्कीका सचिब त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

पहिलो पटक मनाउन लागिएको राष्ट्रिय पत्रकारिता दिवस मनाउन सञ्चार मन्त्री शेरधन राईको
अध्यक्षतामा मूल समारोह समिति र देशका ७५ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला
समारोह समिति गठन भएको छ । देशमा पहिलो पटक पत्रिका प्रकाशन भएको दिनलाइ सरकारले यस बर्षदेखि राष्ट्रिय
पत्रकारिता दिवसका रुपमा मनाउने निर्णय गरेको हो । कास्की मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला
अधिकारी मैनालीले पहिलो पटक मनाउन लागिएकाले यसलाई भब्य बनाउन सबैले आ आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने
वताउनुभयो ।

यसैबिच, नेपाल पत्रकार महासंघ कास्कीका शाखाले
पहिलो पटक मनाउन लागिएको राष्ट्रिय पत्रकारिता दिवसलाइ आ आफ्नो ठाउँबाट मनाउन कास्कीमा क्रियाशिल
पत्रकार, संचार गृहका संचालक एवं सम्बद्ध सबैमा आग्रह गरेको छ । महासंघ कास्कीका शाखाका सचिब त्रिभुवन
पौडेलले महासंघको उपस्थितिमा भएको निर्णय अनुसार बैशाख २३ देखि २५ गते तीन दिनसम्म साँझ आ आफ्नो संचार
गृहमा दिपावली गर्न आग्रह गर्नुभएको छ । पहिलो पटक मनाउन लागिएको पत्रकारिता दिवस मूलतः पत्रकारिता
क्षेत्रकै लागि गर्वको कुरा भएकाले यसलाइ भब्य बनाउने दायित्व पत्रकारिता क्षेत्रकै भएको सचिब पौडेलले
वताउनुभयो ।

पहिलो पटक राष्ट्रिय पत्रकारिता दिवस मनाउन
कास्कीमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिविस कास्की, पत्रकार महासंघ, हुलाक, संचार केन्द्र र
गैसस महासंघका प्रमुख तथा अध्यक्ष र पत्रकारितामा योगदान पु¥याएका ब्यक्तिहरु रहेको मूल समारोह समिति
गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस