2026-09-08 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

पत्रकार महासंघ मकवानपुरलाई राउण्ड टेबल हस्तान्तरण

पुस १, मकवानपुर | बाल कल्याण समाज मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरलाई राउण्ड टेबल हस्तान्तरण गरेको छ । 

आज हेटौडा ४ स्थित महासंघको कार्यालयमा एक कार्यक्रमकाबीच बाल कल्याणले राउण्ट टेबल महासंघलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रमुख प्रकाश खतिवडाले कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालसँग हात मिलाएर राउण्ड टेबल हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष दाहालले महासंघको पूर्वाधार बहिलो हुँदै गएको भन्दै व्यवस्थित सभाहल निर्माणमा सहयोग पुर्याएकोमा बाल कल्याणलाई धन्यवाद दिनुभयो । करिब ४० जना अट्ने महासंघको सभाहलमा राखिएको राउण्ड टेबल प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाल कल्याण समाज मकवानपुरले खरिद गरी हस्तान्तरण गरेको महासंघका सचिव कृष्ण सारु मगरले जानकारी दिनुभयो ।

महासंघ मकवानपुरका उपाध्यक्ष गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस सेन्टर नेपाल मकवानपुरकी अध्यक्ष नानिमैया विष्ट, महासंघका सचिव कृष्ण सारु मगर,सदस्यतहरु गणेशदर्पण अधिकारी,सुजन बिँडारी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ