४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

गौरीशंकर आठौ राष्ट्रपति रनिङ्ग शिल्ड च्याम्पियन

२० बैशाख २०७३, सोमबार १०:४५

बैशाख १९, पोखरा । गौरीशंकर मावि हेमजा कास्की जिल्लास्तरीय आठौ राष्ट्रपति
रनिङ्ग शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । आठौ संस्करणसम्म आउदा
सरकारी विद्यालय पहिलो पटक च्याम्पियन बनेको हो ।
sports sajhasabal

शनिबार सम्पन्न प्रतियोगितामा एथलेट्रिक्समा ९० र कबडडीमा ४२ अंक सहित कुल १ सय ३२ अंक
ल्याउदै च्याम्पियन बनेको हो । च्याम्पियन गौरीशंकरले नगद १५ हजार, रर्निङ्ग सिल्ड, ट्रफि मेडल र
प्रमाणपत्र प्राप्त गर्न सफल भयो । राष्ट्रपति रर्निङ्ग शिल्डको छैठौ पटकको विजेता टप्स उपविजेतामा
सिमित बन्दै नगद १२ हजार र ट्रफी जित्यो ।लगातार तिन पटक च्याम्पियन बन्दै शिल्ड पच गरेको टप्स २०७० र
७१ को पनि विजेता च्याम्पियन हो । उसले कुल १ सय ११ अंक ल्याउदै उपविजेतामा चित्त बुझायो । उसले
एथलेटिक्समा ७८ र भलिबलमा ४२ अंक ल्याएको
थियो । एथलेटिक्समा ७९ अंक ल्याएर कास्की मोर्डनाइज्ड
बोर्डिङ स्कुल तेस्रो हुदै नगद ९ हजार र ट्रफी प्राप्त गर्यो भयो भने सैनिक आवासिय विद्यालय ५४ अंक
जोडदै चौथो भयो ।

शनिबार सम्पन्न कबड्डीको छात्र फाइनलमा
गौरीशंकले अमरसिंह उमाविलाई २९–२८ ले पराजित गदै उपाधि जित्यो । भने छात्रा तर्फ शान्ति दिप बोर्डिङ
स्कुलले डायमण्ड उच्चमाविलाई पराजित गदै उपाधि जित्न सफल भयो । कबडड्ीमा छात्रमा अमरसिंहका मनोज गुरुङ र
छात्रा तर्फ शान्तिदीपकी कविता मगर उत्कृष्ट खेलाडी घोषित हुदै जनही एक एक हजार सहित ट्रफी प्राप्त
गर्नुभयो । विजेता विद्यालयका खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज
पौडेल, कास्की जिल्ला अध्यक्ष यामबहादुर गुरुङ, जिल्ला उपाध्यक्ष चक्रप्रसाद गौचन(खगेन्द्र), पोखरा
उपमहानगरपालिकाका कानुन अधिकृत नारायणप्रसाद शर्मा, क्षेत्रिय सदस्य सम्पन्नमान श्रेष्ठ,कास्की जिल्ला
कोषाध्यक्ष दिपकबहादुर गोदार, सदस्य दिपक तिमिल्सिना, अजय पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए

छात्रा भलिबलको उपाधि टप्सले र छात्र तर्फको उपाधि बराह मावि
भेडाबारीले जितेको थियो । भलिबल छात्रा तर्फ टप्सकी मनिता आले र छात्र तर्फ बराह उमाविका पारस गुरुङ
उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५/५ हजार र टफी प्राप्त गरे । एथलेटिक्स तर्फ गण्डकी बोर्डिङका
विकासकुमार शाह र छात्रा तर्फ टप्सकी शशी चौधरी उत्कृष्ट खेलाडी घोषित हुदै नगद ५/५ हजार र टफी जिते

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता