११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङ बजारको फोहोर ५ महिनापछि आजदेखि उठ्न थाल्यो

२ पुष २०७३, शनिबार ०६:५५

कृष्ण कँडेल,  पुस २, बागलुङ । गत असारमा सुरु भई ५ महिनादेखि रोकिएको बुर्तिबाङ बाजरको फोहोर आजदेखि उठाउन लागिएको छ । 

फोहोर व्यवस्थापन समितिले खोलेको टेण्डर मार्फत छनोट भएका व्यवस्थापक रुद्रबहादुर पुनले आज देखि फोहोर उठाउन थालेको समितिले जनाएको छ । 

यसअघि गत असरमा २५ दिन फोहोर उठाएपछि बाढि पहिरोले बाढो विग्रिएका कारण ५ महिनासम्म काम रोकिएको थियो । व्यवस्थापकले बाजारबाट उठएको फोहोर बुर्तिबाङ–६ मा स्थानियसँग समन्वय गरेर आफै जग्गा व्यवस्थापन गरि खाल्डोमा व्यवस्थापन गर्ने सहमती भएको छ । 

घर, बजार, पसल तथा संघसंस्थाबाट निस्कने फोहोरलाई गल्ने, जल्ने र नगल्ने तथा नजल्नेलाई छुट्याएर उठाईने छ । 

गल्ने र जल्ने फोहोर हप्ताको तिन पटक उठाईने छ । नजल्ने तथा नगल्ने फोहोर हरेक महिनको १ गते र १५ गते २ पटक गठाउने व्यवस्था मिलाईएको छ । फोहोर उठाउनको लागि साईरन बजाउँदै गाडी बजारमा आउने छ । 

फोहोर व्यवस्थानलाई व्यवस्थीत गर्न समितिले १० बुँदै आचारसहिंता बनाएर कार्यान्वयनमा ल्यएको फोहोर व्यवस्थापन समितिका सहसंयोजक निमलाल पाण्डेले जानकारी दिनुभयो । 

व्यवस्थापक मार्फत फोहोर फाल्न बजारबासीले निष्चित शुल्क तिर्नुपर्ने छ । घर, पसर, संस्था, कार्यालयलाई बर्गिकरण गरेर मासिक ५० रुपैयाँदेखि ५ सय रुपैयाँ सम्म शुल्क तोकिएको छ । 

आचारसहिंता अनुसार फोहोर व्यवस्थापन नगर्ने तथा शुल्क नतिर्नेलाई कारवाहि गरिने समितिले जनाएको छ । 

खोला, खोल्सा तथा सर्वजनिक ठाउँमा फोहोर फालेमा पहिलो पटक ५ हजार, दोस्रो पटक भए १० हजार र तेस्रो पटकदेखि कानुन अनुसार कारवाहि गरिने छ ।  

समितिले पुनसँग बार्षिक ९२ हजारमा फोहोर उठाउने गरि २ बर्षका लागि सम्झौता गरेको छ । पहिलो सम्झौता १ बर्षका लागि भएकाले १ बर्षपछि सम्झौता नविकरण हुनेछ । 

जनसंख्याको चाप बढ्दै गएको शहरोन्मुख ठाउँ बुर्तिबाङ बजारमा फोहोर व्यवस्थापनको काम चुनौतिपुर्ण बन्दै गएको छ । 

कतिपयले आफै फोहोर व्यवस्थापन गरेपनि घर पसल तथा संघ संस्थाबाट निस्कने फोहोर अधिकांश बाजारवासीले बाढीघाट नदी, खोल्सा र सार्वजनिक ठाउँमा फाल्ने गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु