2026-07-10 03:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा नयाँ यातायात प्रालि, १० वटा डिलक्स बस बुकिङ

शंकर के सी, पुस २, सल्यान । सल्यानमा अबको केहि दिनमै यातायात सेवा प्रदान गर्ने भर्खरै खुलेको शारदा यातायात प्रालिले दाबी गरेको छ । र उसले १० वटा डिलक्स बस बुकिङ गरिसकेको पनि जनाएको छ ।

उद्योग मन्त्रालय, कम्पनी रजिष्टारको कार्यालयमा पौष १ गते शुक्रबार दर्ता भएको शारदा यातायात सेवा प्रालिले अबको केही दिनमै पहिलो पटक सल्यान खलंगाबाट काठमाडौंको रुटमा गाडी संचालन गर्ने जनाएको हो ।

प्रालिका अध्यक्ष पूर्ण बहादुर खत्रीले भने– ‘हाम्रो सल्यानको यातायात क्षेत्रलाइ थप व्यवस्थीत र यात्रुमुखी बनाउन हाम्रो प्रालिले डिलक्स गाडीहरु सञ्चालन गर्न लागेको छ ।’

यात्रुहरुको माग र आवश्यकतालाइ मध्यनजर गरेर विभिन्न रुटहरुमा पनि गाडी सञ्चालन गरिने उनले जनाए ।  पुर्ण बहादुर खत्रीको अध्यक्षता मा ९ सदस्यीय संचालक समिति गठन गरिएको सचिव गोविन्द ओलीले जनाएका छन् ।

जिल्लामा यस अघि विभिन्न यातायात प्रालि दर्ता भए पनि सञ्चालन हुन सकेका छैनन् । बरु नयाँ प्रालि खोल्दै यस अघिकै समिती सल्यान रुकुम यातायात व्यवशायी समिती संग गाभिने गरेका छन् ।

तर शारदा यातायात प्रालिले भने जसरि भएपनि यातायात सेवा प्रदान गर्ने दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो