११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

प्रथम रामपुर महोत्सव हुने

२ पुष २०७३, शनिबार ०९:४७

पुस २, पाल्पा । शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार, ‘पर्यटन र उद्योग विकासको पूर्वाधार रामपुर क्षेत्रको विकासको आधार’ भन्ने नाराका साथ प्रथम रामपुर महोत्सव तथा व्यापार मेला २०७३ हुने भएको छ । 

रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको सो प्रथम रामपुर महोत्सव यही आउँदो पुष २७ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा १० करोड बराबरको कारोबार गर्ने, दुई लाख बराबर दर्शक भित्र्याउने लक्ष्य रहेको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताउनुभयो । 

महोत्सवमा अटो मोबाइल्स र होटल रेस्टुरेन्ट बाहेक २०० वटा स्टल रहनेछन् । कृषिजन्य वस्तुको प्रवद्र्धन र रामपुर क्षेत्रको व्यापार व्यवसाय बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष ढकालले बताउनुभयो । 

डोको बुनेर मासिक २५ हजार बराबरको आम्दानी 

रामपुर नगरपालिका– १० किसानबारीका ६९ वर्षिय विष्णु विक लाई डोको नबुनेसम्म साँझ बिहान हातमुख जोर्ने समस्या छ । विकले विगत ४० वर्षदेखि यस व्यवसायलाई निरन्तरता दिँदै आउनुभएको छ । 

गाउँघरमा प्रयोग हुने डोको, थुम्से र भकारी बुनेर घर घरमा बिक्रीका लागि उहाँ पुग्नुहुन्छ । दिनमा पाँचवटा डोको बुनेर मासिक रु। २५ हजार आम्दानी हुने गरेको विकले बताउनुभयो । 

रामपुर क्षेत्रमै व्यवसायिक रुपमा उहाँले मात्र यस पेशालाई निरन्तरता दिनुभएको छ । रु। दुई सय देखि तीन सम्ममा एउटा बाँस किनेर उहाँले डोको बुन्दै आउनुभएको हो । 

उहाँ भन्नुहुन्छ,“कमाउने कोही छैन, सम्पत्तिको नाममा हातमा डोको बुन्ने सीप मात्र छ” उहाँले भन्नुभयो —“डोको बुनेर नै छोराछोरीको पढाइखर्च, घरव्यवहार चलाएको छु ।” एउटा डोको रु २५० देखि रु ३५० सम्ममा बिक्री हुने गर्दछ । 

आधुनिकतासंगै पछिल्लो समय थुम्से र भकारीको माग अत्यन्त न्यून हुने गरे पनि डोकोको माग भने अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको विक बताउनुहुन्छ । “पहिले नै अर्डर हुन्छ, बुनेर सिध्याउन नपाउँदै बिक्री भइहाल्छ” उहाँले भन्नुभयो । हातमा सीप भयो भने बाँच्न गाह«ो नपर्ने उहाँको अनुभव छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु