४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

स्ववियुको निर्वाचन को नमुना मतदानमा समेत अनेराववियुमा गुटबन्दी

२२ बैशाख २०७३, बुधबार ०२:०६

बैशाख २१ पोखरा । विश्वविद्यालयमा स्ववियुको निवार्चन गर्नुपर्ने माग
गर्दै अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटिका दुई खेमाले छुट्टा छुट्टै नमुना मतदान आयोजना गरेका
छन् । ओलि पक्षका विद्यार्थीले बुधबार र नेपाल पक्षका विद्यार्थीले बिहिबार नमुना मतदान को कार्यक्रम
राखेपछि विद्यार्थीहरु अन्यौलमा परेका छन् ।

गुटगत राजनितिलाई प्रशय दिदै एमाले निकट
अनेरास्ववियुका ओली र नेपाल प्यानल ले छुट्टा छुट्टै मिति तोकि नमुना मतदानमा उपस्थितिका लागि
विद्यार्थीहरुलाई आग्रह गरेका हुन् ।सरकार र त्रिभुवन विश्व विद्यालयलाई दवाब दिनको लागि अनेरास्ववियुले
बिहिबार नमुना निर्वाचन गर्न लागेको अनेरास्ववियु पिएन क्याम्पस कमिटि का अध्यक्ष एवम् नेपाल पक्षका
बिद्यार्थी नेता राजन शर्मा पराजुलरी जानाकारी दिए । यस्तै ओलि पक्षका जिल्ला कमिटिका बिद्यार्थी
नेताहरुले क्याम्पस कमिटिका उपाध्यक्ष विजय पौडेल लाई अगाडी सार्दै बुधबार नै नमुना मतदान राखेपछि
बिद्यार्थीहरुमा पनि ओलि र नेपाल गुट प्रष्ट देखिएको छ ।

पिएन क्याम्पसमा बिहिबार बिहान ७ बजे
हुने मत सर्वेक्षणमा सबै विद्यार्थीलाई सहभागी हुन क्याम्पस कमिटिका अध्यक्ष पराजुली ले आग्रह गरेका छन्
भने ओलि निकट मानिने अनेरास्ववियु जिल्ला अध्यक्ष विबेक देवकोटाले हस्तक्षप गर्दै बुधबार नै नमुना मतदान
मा उपस्थित हुन आग्रह गरेका छन् । विद्यार्थीहरुको हक हितको लागि काम गर्ने स्वतन्त्र संगठन स्ववियुको
निर्वाचन हुन नसक्दा शैक्षिक विकृति बढ्नुका साथै विद्यार्थीहरुको पढाई सगै अन्य काममा समेत समस्या भएको
भन्दै बुधबार को नमुना मतदानमा सहभागि हुन देवकोटाले आग्रह गरेका हुन ।

शैक्षिक मुद्घामा एकमत
हुनुपर्ने विद्यार्थीहरुनै गुटगत राजनितिमा लाग्दा भोलीको नेतृत्व कस्तो बन्ने हो भन्ने सहजै अनुमान
गर्न सकिन्छ ।२०६५ साल पछि क्याम्पसहरुमा स्ववियु निर्वाचन हुन नसक्दा शैक्षिक विकृति बढ्दै गएका छन्

– कमल सुबेदी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता