२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सडक बालकसँग एमआरआर

२३ बैशाख २०७३, बिहीबार १७:५५

बैशाख २३, पोखरा ।  युवामाझ चर्चित फेसबुक समुह मेन्स रुम
रिलोडेड (एमआरआर) ले सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न गतिविधि गर्ने क्रममा विहीबार पोखरामा सडक
बालकलाई कपडा वितरण गरेको छ ।

fnj

यहाँकै सडक बालकसँग ‘भोकालाई मानो, नाङ्गोलाई न्यानो’ अभियान सम्पन्न गरिसकेको
एमआरआर पोखराले उनीहरुलाई नुहाई धुवाई गरिदिएर नयाँ कपडा वितरण गरेको हो । चाईल्ड वेलफेयर स्किम नेपाल
(सीडब्लुएसएन), न्युरोडको ज्योति स्ट्रीट प्रोजेक्ट, हिमालयन लाईफ केयर, पृथ्वीचोकको सहयोगमा पोखरा
नगरक्षेत्रमा रहेका ५० बढि बालकहरु जम्मा गरी टिसर्ट सहित एक जोरका दरले कपडा वितरण र खाजा खुवाएको
एमआरआर पोखरा प्रतिनिधि सुर्य तिमिल्सिनाले जानकारी दिए ।

वितरित टिसर्टमा ‘मलाई आत्मसन्नाका साथ बाँच्न देउ’ र ‘आवाज विहीनको आवाज एमआरआर’ लेखिएको छ ।
, 2, 19, 2उनीहरुसँग आत्मीय सम्बन्ध कायम गर्दै समाजमा पुर्नस्थापित गराउने योजनाका साथ एकपछि अर्को सडकबालक
लक्षित कार्यक्रमहरु सञ्चालन गरेको एमआरआर पोखराले बताएको छ ।

कार्यक्रम संयोजक समेत रहेका तिमिल्सिनाले सबैको सहयोगबाट पोखरामा फेरि सामाजिक कार्य गर्न
सम्भव भएको बताए । उनले सहयोगी सबैलाई आभार व्यक्त गर्दै यो कार्यमा खटिने पोखरा स्थित एमआरआर मेम्बरहरु
पनि धन्यवादको पात्र भएको बताए । एमआरआर कतारबाट १० हजार, एआरआर कोरियाबाट छ हजार पाँच सय, हिमचन्द्र
ट्रष्टबाट पाँच हजार, जर्मनीमा रहेका नलिना र प्रकाश पौडेलबाट पाँच हजार, डब्लुआरआर मार्फत पारु गुरुङले
आठ हजार दुई सय ५० लगायतबाट करिब ३५ हजार संकलन भएको तिमिल्सिनाले बताए ।

एमआरआर पोखरामा ४० बढि सक्रिय युवाहरु रहेका छन् । पोखराका विभिन्न सार्वजनिक स्थलमा सरसफाई
कार्यक्रममा जुट्ने अर्का मेम्बर सविन न्यौपानेले जानकारी दिए । एमआरआर पोखराले यसअघि ‘तान भाई तान
आत्मनिर्भरताको शान’ भन्ने मुल नाराका साथ नेपाली पहिचान झल्कने ढाका टोपी र गोल्डस्टार जुत्तामा सहभागि
हुँदै नाकाबन्दीको विरोधमा डोरीले गाडी तान्ने, बन्द विरुद्ध अब युवाहरु जाग्नुपर्छ भन्दै बन्द
विरुद्धको ¥याली, पोखराका विभिन्न स्थानमा सरसफाई, शान्ति सद्भाव ¥याली आयोजना गरिसकेको छ । समूहमा
रहेका विभिन्न ठाउँका युवाहरु एकीकृत भई सामाजिक कार्यहरु गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने