२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अवैध घरेलु मदिरा प्रहरी नियन्त्रणमा

२०७३, २३ बैशाख बिहीबार १७:५७

बैशाख २३, पोखरा ।  वडा प्रहरी कार्यालय बैदामले ठुलो
परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएको छ । पोखरा ५ मालेपाटन क्षेत्रमा व्यवसायिक रुपमै मदिरा उत्पादन
गर्ने दुई महिला र उनीहरुका साथमा रहेका मदिरालाई नियन्त्रणमा लिईएको कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले बुधबार छापा मार्दा करीब २६ सय ५० लिटर मदिरा फेला पारेको हो ।

SAMSUNG CAMERA PICTURES

‘सात वर्ष अघिदेखि अवैध रुपमा घरेलु मदिरा
उत्पादन गर्ने गरेको सुचना पाएपछि हामीले छापा मार्दा ठुलो परिमाणमा मदिरा भेट्यौँ ।’ कार्यालयका प्रमुख
प्रहरी निरीक्षक मोहनमणि अधिकारीले भने– ‘मदिरा उत्पादनका सामाग्री तथा कच्चा सामाग्रीहरुलाई पनि हामीले
नियन्त्रणमा लिएका छौं ।’ लामो समयदेखि ठुलो मात्रामा घरेलु मदिरा उत्पादन गरी पोखराका विभिन्न
क्षेत्रमा विक्री वितरण गरेको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको उनले बताए ।

पक्राउ पर्नेमा रोल्पा घर भई यहाँ डेरा गरी बस्ने ५० वर्षीया फर्की मगर र खोटाङ
घर भएकी ४५ वर्षीया सीता राई रहेका छन् । मगरको डेराबाट ५० लिटरको ड्रम १७ वटा, २५ लिटरको र २ सय लिटरको
ड्रम एक एक वटा, गरी १४ सय ५ लिटर अवैध मदिरा र उत्पादन गर्ने भाडा बरामद गरिएको छ । यसैगरी, राईको
डेराबाट १२ सय ४० लिटर मदिरा र बनाउने भाडा नियन्त्रणमा लिईएको छ । उनीहरुलाई केहि सार्वजनिक अपराध
अन्तर्गत मुद्धा दर्ता गरिएको प्रमुख अधिकारीले बताए ।

प्रमुख
अधिकारी चैत २८ गतेदेखि मात्रै बैदाम कार्यालयका प्रमुखका रुपमा आएका हुन् । तीन साताको अवधिमा पाँच
फरार अभियुक्तहरु पक्राउ परेका छन् । चार जना ज्यान मार्ने उद्योग र एक जना सार्वजनिक अपराधमा संलग्न
अभियुक्त हुन् । उनले आफ्नो जिम्मेवारी क्षेत्रमा शान्ति सुरक्षाका सवालमा कुनै कमजोरी हुन नदिने
प्रतिबद्धता व्यक्त गरे । लेकसाईड क्षेत्र महत्वपूर्ण क्षेत्र भएकाले आफु गम्भीर रहेको बताउँदै उनले
अवैध गतिविधि भएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस