४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अवैध घरेलु मदिरा प्रहरी नियन्त्रणमा

२३ बैशाख २०७३, बिहीबार १७:५७

बैशाख २३, पोखरा ।  वडा प्रहरी कार्यालय बैदामले ठुलो
परिमाणमा घरेलु मदिरा नियन्त्रणमा लिएको छ । पोखरा ५ मालेपाटन क्षेत्रमा व्यवसायिक रुपमै मदिरा उत्पादन
गर्ने दुई महिला र उनीहरुका साथमा रहेका मदिरालाई नियन्त्रणमा लिईएको कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले बुधबार छापा मार्दा करीब २६ सय ५० लिटर मदिरा फेला पारेको हो ।

SAMSUNG CAMERA PICTURES

‘सात वर्ष अघिदेखि अवैध रुपमा घरेलु मदिरा
उत्पादन गर्ने गरेको सुचना पाएपछि हामीले छापा मार्दा ठुलो परिमाणमा मदिरा भेट्यौँ ।’ कार्यालयका प्रमुख
प्रहरी निरीक्षक मोहनमणि अधिकारीले भने– ‘मदिरा उत्पादनका सामाग्री तथा कच्चा सामाग्रीहरुलाई पनि हामीले
नियन्त्रणमा लिएका छौं ।’ लामो समयदेखि ठुलो मात्रामा घरेलु मदिरा उत्पादन गरी पोखराका विभिन्न
क्षेत्रमा विक्री वितरण गरेको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको उनले बताए ।

पक्राउ पर्नेमा रोल्पा घर भई यहाँ डेरा गरी बस्ने ५० वर्षीया फर्की मगर र खोटाङ
घर भएकी ४५ वर्षीया सीता राई रहेका छन् । मगरको डेराबाट ५० लिटरको ड्रम १७ वटा, २५ लिटरको र २ सय लिटरको
ड्रम एक एक वटा, गरी १४ सय ५ लिटर अवैध मदिरा र उत्पादन गर्ने भाडा बरामद गरिएको छ । यसैगरी, राईको
डेराबाट १२ सय ४० लिटर मदिरा र बनाउने भाडा नियन्त्रणमा लिईएको छ । उनीहरुलाई केहि सार्वजनिक अपराध
अन्तर्गत मुद्धा दर्ता गरिएको प्रमुख अधिकारीले बताए ।

प्रमुख
अधिकारी चैत २८ गतेदेखि मात्रै बैदाम कार्यालयका प्रमुखका रुपमा आएका हुन् । तीन साताको अवधिमा पाँच
फरार अभियुक्तहरु पक्राउ परेका छन् । चार जना ज्यान मार्ने उद्योग र एक जना सार्वजनिक अपराधमा संलग्न
अभियुक्त हुन् । उनले आफ्नो जिम्मेवारी क्षेत्रमा शान्ति सुरक्षाका सवालमा कुनै कमजोरी हुन नदिने
प्रतिबद्धता व्यक्त गरे । लेकसाईड क्षेत्र महत्वपूर्ण क्षेत्र भएकाले आफु गम्भीर रहेको बताउँदै उनले
अवैध गतिविधि भएमा तुरुन्त प्रहरीलाई जानकारी गराउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा