2026-10-27 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

लुम्स गाउँका स्थानीय ७ बर्ष देखि खोलाको पानी खाना बाध्य

नन्द बहादुर रोकाया | पुस ३, मुगु | मगु सदरमुकाम देखि पुर्वमा पर्ने रोवा गा बि स वडा नं ८ लुम्स गाउँका स्थानीय ७ बर्ष देखि खोलाको पानी खान बाध्य भएका छन । गाउँमा धारा नभएपछी वर्षौदेखि पिउने पानीको रुपमा खोलाको फोहोर पानी पिउन बाध्य भएका हुन ।

लुम्स गाउँमा बसोबास  गर्ने ४० घर परिवारले वर्षौदेखि लुगाकपडा धुने, खाना पकाउने, नुहाउने, गाईवस्तुलाई दिने, तरकारीबारी सिँचाइ गर्नेदेखि पिउने पानीको रुपमा खोलामा पानी प्रयोग गर्ने गरेको स्थानीयबासी शिब राज ऐडिले बताउनुभयो । 

७ वर्ष अघि सञ्चालनमा रहेको खानपानी आयोजनाको पाईप पहिरोले बगाएपछिे मर्मत सम्भार हुन नसक्दा लुम्स गाउका स्थानियबासिहरु खोलाको पानी पिउन बाध्य भएका छन ।

७ वर्षदेखि आयोजना अवरुद्ध भए देखि धमिलो पानी पिउने गरेको र त्यस्तो पानीले झाडापखाला हुने गरेको तथा ठुला मान्छेलाइ समेत पेटको समस्या पर्ने गरेको स्थनियले बताएका छन । योजना अवरुद्ध भई सात बर्ष बिती सक्दा पनी आज सम्म कसैलपनीे खानेपानीको लागी पहल नगरेको स्थानीयले गुनासो समेत गरेका छन ।

घटट् बन्द हुँदा स्थानीय लाई हैरानी

यसै बिच सोही लुम्स गाउँमा स्थानीयले मिलको विकल्पको रुपमा प्रयोग गर्दै आईरहेका ६ बटा पानी घटट् बन्द हुँदा स्थानीय लाई हैरानी भएको छ  ।

परम्परादेखि संचालन गर्दै आईरहेका पानी घट्ट गत साउन महिना लुम्स बगरमा आएको अबिरल बर्षा संगैकोे बाढी पहिरोका कारण  घटट्का नहर बगाए पछी घटट बन्द भएका हुन । आपनो घर नजिक भएका घट्टहरु बन्द भए पछी ५ घण्टाको पैदल यात्रा गरी अन्न पिस्न अन्यत्र छिमेकी गाउँ का घट्ट, गमघट्ट जानुपर्ने बाध्यता भएको सोहि गाउँका स्थानीय पे्रम बहादुर कठायतले बताउनु भयो ।

उहाँका अनुसार परम्परागत देखि सन्चालनमा रहेका घट्टले रोवा गाविसको वडा नं ८ का लुम्स,भडढाँडी , बालचौर का स्थानीयलाई प्रत्यक्ष सेवा पुगेको थियो । बाढीले खोलामा रहेका पानी घट्टका नहर बगाए संगै घट्ट बन्द भएकाले आफुहरु निकै मर्कामा परेको कठायतको दुखेसो ब्यक्त गर्नुभयो ।

आफु हरुले घट्ट संचालनमा ल्याउन जोड गरेपनी तत्काल संचालनमा ल्याउन नसकिएकोे सोहि गाउँका अर्का स्थानीये चन्द कठायतले बताउनुभयो । अन्य गाउँका घट्टमा अन्न पिस्न जादाँ घट्टालाको घुईचो धेरै हुने हुदा अनेकौ बाबजुत घट्ट पिसनु पर्दा बिभीन्न किसीमका समस्या हुने गरेको कठायतको भनाई रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने