४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

एनसेल विरुद् नेविसंघ

२४ बैशाख २०७३, शुक्रबार ०२:१३

nebisanghaशिव न्यौपाने/बैशाख २४, पोखरा
एनसेलले सरकारलाई बुझाउन बाँकी रहेको ३३ अर्व कर नबुझाउने संकेत गरेपछि एनसेल विरुद्व आवाज
उठ्न थालेको छ ।

नेपाल विद्यार्थी सङ्घ जनप्रिय क्याम्पस इकाइ
समितिले विहीबार एनसेललाई कर बुझाउन दबाबदिदै एनसेलका रिचार्ज कार्डहरु जलाएको छ । जनप्रिय क्याम्पस
गेटमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले एक सयभन्दा बढि एनसेलका रिचार्ज कार्ड जलाउँदै कर नतिरे
आफुहरुले चलाउँदै आएको एनसेल मोवाईल समेत बन्द गर्ने चेतावनी दिए । कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी
सङ्घ कास्कीका संयोजक सुवाष कोइरालाले सरकारले कर बुझाउन दिएको समय बैशाख २५ गतेसम्म पनि नबुझाएर एनसेल
विरुद्व आन्दोलन चर्काउने बताए।

नेपाली काङ्ग्रेस कास्कीका
सदस्य नवीन सिग्देलले विद्यार्थी आन्दोलनको शक्ति निकै चोटिलो हुनेभन्दै समयसिमाभित्र नै कर तिर्न आग्रह
गरे । नेपाल विद्यार्थी सङ्घ जनप्रिय क्याम्पस इकाइ सभापति विश्वास गुरुङले एनसेलले कर नतिरे आम
नेपालीले उसको मोबाइल सेवा नै बहिष्कार गर्ने बताए।कार्यक्रममा विद्यार्थी नेताहरु ध्रुवराज अधिकारी र
किसान थापाले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा