२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दलित शक्ति कास्कीको प्रथम भेला सम्पन्न

२०७३, २४ बैशाख शुक्रबार १४:२४

बैशाख २३, पोखरा । दलित शक्ति नेपाल कास्कीको प्रथम जिल्ला भेला नयाँ शक्ति
नेपाल क्षेत्र नं. ४को कार्यालयमा बिहीबार सम्पन्न भएको छ । कास्की जिल्लामा रहेका उत्पीडीत दलितहरुको
उपस्थितिमा दलित शक्ति नेपाल कास्कीले आयोजना गरि कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमकी प्रमुख वक्ता नयाँ शक्ति नेपाल तथा दलित शक्ति नेपालकी केन्द्रीय सदस्य
शुसीला सेर्पालीले आर्थिक समृद्धीबाट हाम्रो समाज, देश समुन्नत बनाउनु पर्छ भन्ने तर्क राखेकी थिईन्
साथै देशमा रहेको अशिक्षा, बेरोजगार, उत्पीडनको अन्त्य नयाँ शक्तिले गर्ने बताईन् ।

उक्त भेलाले कास्की जिल्लाका लागि पछि थप गर्ने गरि २४ सदस्यीय कमिटी गठन गरेको
छ । जसमा संयोजकमा राजकुमार परियार रहेका छन् भने सदस्यमा जुम बहादुर परियार, राजु परियार, ओमप्रकाश
सुनार, परशुराम परियार, विष्णु नेपाली, कृष्ण नेपाली, रामबहादुर सुनार, भुवन परियार, राजेश परियार,
खड्के सुनार, याम कुमारी बिक, गंगा बहादुर खाती, कृष्ण बहादुर बिक, लक्ष्मी नेपाली, सुष्मा परियार,
रामजी परियार, सन्तोष नेपाली, डम्मर नेपाली, दिपक विक, अर्जुन परियार, देविलाल बिक, पुनम सार्की,
सुर्यबहादुर परियार लगाएत रहेका छन् ।

भेलामा नयाँ शक्ति
नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नं. ४का संयोजक देवेन्द्र पराजुली, समाजवादी ट्रेड युनियन जिल्ला
संयोजक बाबुराम अधिकारी, युवा नेता राजकुमार गुरुङले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिएभने कमिटी गठन
पश्चात नयाँ शक्ति नेपाल कास्की जिल्ला संयोजक हेम बहादुर पराजुली, केन्द्रीय परिषद सदस्य देवी सुवेदी र
रीम बस्यालले नव निर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

दलित शक्ति नेपालका केन्द्रीय सदस्य शम्भु खाती परियारको अध्यक्षतामा सम्पन्न भएको
उक्त कार्यक्रममा स्वागत मन्तव्य दलित शक्ति नेपाल कानुन तथा मानव अधिकार विभाग शाखा प्रमुख रमेश सिकेले
राखेका थिए । त्यसै गरि कार्यक्रमको संचालन जिल्ला परिषद् सदस्य कर्ण बहादुर नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस