४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दलित शक्ति कास्कीको प्रथम भेला सम्पन्न

२४ बैशाख २०७३, शुक्रबार १४:२४

बैशाख २३, पोखरा । दलित शक्ति नेपाल कास्कीको प्रथम जिल्ला भेला नयाँ शक्ति
नेपाल क्षेत्र नं. ४को कार्यालयमा बिहीबार सम्पन्न भएको छ । कास्की जिल्लामा रहेका उत्पीडीत दलितहरुको
उपस्थितिमा दलित शक्ति नेपाल कास्कीले आयोजना गरि कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमकी प्रमुख वक्ता नयाँ शक्ति नेपाल तथा दलित शक्ति नेपालकी केन्द्रीय सदस्य
शुसीला सेर्पालीले आर्थिक समृद्धीबाट हाम्रो समाज, देश समुन्नत बनाउनु पर्छ भन्ने तर्क राखेकी थिईन्
साथै देशमा रहेको अशिक्षा, बेरोजगार, उत्पीडनको अन्त्य नयाँ शक्तिले गर्ने बताईन् ।

उक्त भेलाले कास्की जिल्लाका लागि पछि थप गर्ने गरि २४ सदस्यीय कमिटी गठन गरेको
छ । जसमा संयोजकमा राजकुमार परियार रहेका छन् भने सदस्यमा जुम बहादुर परियार, राजु परियार, ओमप्रकाश
सुनार, परशुराम परियार, विष्णु नेपाली, कृष्ण नेपाली, रामबहादुर सुनार, भुवन परियार, राजेश परियार,
खड्के सुनार, याम कुमारी बिक, गंगा बहादुर खाती, कृष्ण बहादुर बिक, लक्ष्मी नेपाली, सुष्मा परियार,
रामजी परियार, सन्तोष नेपाली, डम्मर नेपाली, दिपक विक, अर्जुन परियार, देविलाल बिक, पुनम सार्की,
सुर्यबहादुर परियार लगाएत रहेका छन् ।

भेलामा नयाँ शक्ति
नेपालका केन्द्रीय सदस्य तथा प्रदेश नं. ४का संयोजक देवेन्द्र पराजुली, समाजवादी ट्रेड युनियन जिल्ला
संयोजक बाबुराम अधिकारी, युवा नेता राजकुमार गुरुङले आ–आफ्नो शुभकामना मन्तव्य राखेका थिएभने कमिटी गठन
पश्चात नयाँ शक्ति नेपाल कास्की जिल्ला संयोजक हेम बहादुर पराजुली, केन्द्रीय परिषद सदस्य देवी सुवेदी र
रीम बस्यालले नव निर्वाचित सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए ।

दलित शक्ति नेपालका केन्द्रीय सदस्य शम्भु खाती परियारको अध्यक्षतामा सम्पन्न भएको
उक्त कार्यक्रममा स्वागत मन्तव्य दलित शक्ति नेपाल कानुन तथा मानव अधिकार विभाग शाखा प्रमुख रमेश सिकेले
राखेका थिए । त्यसै गरि कार्यक्रमको संचालन जिल्ला परिषद् सदस्य कर्ण बहादुर नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह