२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नेष्डो नेपालमा प्रगति एवंम लघुवित्तमा आधारित नेतृत्व विकास तालिम शुरु

२५ बैशाख २०७३, शनिबार १२:४६

बैशाख २५ ,पोखरा । राष्ट्रिय
शैक्षिक तथा सामाजिक बिकास संस्था नेष्डो नेपालको २ दिने प्रगति समिक्षा एवंम लघुवित्तमा आधारीत नेतृत्व
क्षमता बिकास तालिम आजबाट शुरु भएको छ ।पोखरा ड्यामसाईड स्थित संस्थाको केन्दि«य कार्यलयमा
प्रशिक्षार्थी कर्मचारिहरुको नेतृत्व क्षमतामा अभिबृद्धी गर्ने साथै पौष महिनामा छनौट भएका
प्रशिक्षार्थीकर्मचारिहरुको मध्यवर्ति समयसम्म भएको प्रगतिको समिक्षा गर्ने उदेश्यले आजबाट तालिम सुरु
भएको हो ।

कार्यक्रममा बोल्दै प्रशासन तथा वित्त प्रमुख
सावित्री खत्री क्षेत्रीलेआफना कार्य क्षेत्रमा आईपर्ने विबिध समस्याबाट हतोत्तसाहित नभई आफुलाई गरिबी
बिरुद्धको लडाईमा सर्मपित गर्न आग्रह गर्नुभयो । लघुवित्त सेवा प्रमुख विश्वबन्धुप्रसाईले यस तालिम
अबधिमा सिकेका सिकाई उपलब्धिलाई कर्मचारीहरुले व्यबहारिक रुपमा आफनो कार्यशैलिमा रुपान्तरण गर्दै
संस्थागत लक्ष्य प्राप्तिमा लागि पर्नुपर्नेमाजोड दिनुभयो ।

kaski 1
त्यस्तै संस्थाका मानव संसाधन प्रमुख लक्ष्मि कुमारी मेधासीले कर्मचारिले हालसम्म
जिम्मेवारिपुर्ण रुपमा कार्य गर्दै आएकोमा कर्मचारिहरुप्रति आभारआभार प्रकट गर्नुभयो । कार्यक्रममा
योजना प्रमुख युधिष्ठिर भुषाल, बरिष्ठ अधिकृत नारायण प्रसाद प्रसाई, कार्यक्रम व्यबस्थापक उत्तम अधिकारि
लगायतले बोल्नु भएकोथियो ।

नेष्डो नेपाल वि।सं। २०५२ सालमा
पर्वतको बाजुङ्गमा स्थापना भई हाल पर्वत,
बागलुङ,म्याग्दी,कास्की,तनहुँ,गोरखा,लमजुङ्ग,चितवन,नवलपरासी,स्याङ्जा र पाल्पाजिल्लामा गरी ५० वटा शाखा
कार्यलय मार्फत गरिब, बिपन्न एवंम बञ्चितिमा परेका महिलाहरुको क्षेत्रमा कार्य गर्दै आईरहेको लघुवित्तिय
संस्था हो ।

संस्थाले चालु आर्थिकबर्षमा ८० हजार
घरपरिवारलाई सेवा दिने लक्ष्य राखेको छ । तालिममा हालसम्म हासिल भएका प्रगतिको समिक्षा र आगामि दिनमा
लक्ष्य प्राप्तिको लागि अपनाईनेरणनितिक योजनाको बारेमा समेत छलफल हुनेछ । ३७ जना प्रशिक्षर्थी
कर्मचारीहरुको सहभागिता रहेको तालिम आईतबार सम्म चल्नेछ ।

संस्थाका मानव संसाधन प्रमुख लक्ष्मि कुमारी मेधासीको अध्यक्षतामा सम्पन्न भएको कार्यकम्रमा
बरिष्ठ अधिकृत नारायण प्रसाद प्रसाइको स्वागत संस्थागत प्रतिज्ञापुष्पा प्रसाईले र कार्यक्रमको सञ्चालन
मानव संसाधन अधिकृत ईश्वरी प्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो