२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मदन आश्रित स्मृति दिवस मनाइने

२०७३, २७ बैशाख सोमबार ००:११

शिव न्यौपाने | बैशाख २७, पोखरा |

नेकपा एमाले जिल्ला कमिटी कास्कीले जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको २३ औं
स्मृति दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । कमिटीको १८ औं पूर्ण बैठकले सो दिवस जेठ १, २ र ३
गते रचनात्मक कार्यक्रम सहित मनाउने निर्णय गरेको हो ।जेठ १ गते युवा विद्यार्थीको व्यवस्थापनमा
पृथ्वीचोकमा बिहान ७ः०० बजे खुल्ला रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख तेजनारायण
अधिकारीले जानकारी दिए । बैठकले जेठ २ गते मदनआश्रित पार्क पोखरा १६ मा सरसफाई गर्ने र जेठ ३ गते बिहान
११ः०० बजे वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता विषयक विचार गोष्ठी गर्ने निर्णय
गरेको छ ।

जिल्ला कमिटी कास्कीका अध्यक्ष कृष्ण
थापाको अध्यक्षतामा बसेको बैठकमा पार्टी पोलिटव्यूरो सदस्य तथा गण्डकी इन्चार्ज जगत विश्वकर्मा,
केन्द्रीय सदस्य तथा गण्डकी सहइन्चार्ज मायानाथ अधिकारी र कास्कीका इन्चार्ज मानबहादुर जि.सी.ले
समसामयिक विषयमा मार्गनिर्देशन दिएका थिए ।

त्यस्तै पार्टी
विधान अनुसार लेखनाथ १२ का खिम थापालाई जिल्ला कमिटीको पूर्ण सदस्यमा, पोखरा १६ का एच गायक र पोखरा २८
का लिलाधर आचार्यलाई वैकल्पिक सदस्यमा मनोनयन गरिएको छ । वैठकले पार्टी नेता एवम् केन्द्रीय सल्लाहकार
समितिका सदस्य खगराज अधिकारी, पार्टी कार्यकर्ता रुद्रनाथ अधिकारी, भोजराज अधिकारी, राजकुमारी
अधिकारी(काफ्ले), प्रेम कुमारी अधिकारी(आचार्य)का ममतामयी आमा एवम् पार्टीका अभिभावक लिलादेवी अधिकारीको
निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानलाई कदर गर्दै
मृत्युपर्यन्त पार्टीको मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख अधिकारीका
अनुसार बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्व सदस्य अखिल नेपाल महिला संघका सचिव सृजना शर्मा र
जिल्ला कमिटी सदस्य शशीकला बराल अस्वस्थ रहनुभएकोमा वहाँहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस