३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

चौथो राष्ट्रिय लोक दोहोरी अवार्ड जेठमा

२७ बैशाख २०७३, सोमबार ११:३६

शिव न्यौपाने/ बैशाख २६, पोखरा ।  राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान
उपत्यका समन्वय समितिको आयोजनामा चौथो राष्ट्रिय लोक दोहोरी अवार्ड जेठ २८ गते काठमाण्डौमा हुने भएको छ
। पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कार्यक्रममा विभिन्न २२ वटा विधामा
अवार्ड वितरण हुने भएको हो । अवार्ड कार्यक्रममा विगतका कमिकमजोरीलाई दोहोरीन नदिने आयोजकको भनाइ रहेको
छ ।

वास्तविक प्रतिभालाई अवार्ड वितरण गर्नका लागि सम्बन्धित विधामा पोख्त व्यक्तिलाई निर्णय
गर्ने जिम्मा दिइने र यस्तो निर्णय गोप्य रहने बताइएको छ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान गण्डकीका
अध्यक्ष जीवन दाहालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका
प्रमुख संरक्षक प्रजापती पराजुली, निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपाने, कार्यक्रम संयोजक एवं
राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष शिव हमाल, प्रतिष्ठान गण्डकीका
उपाध्यक्ष शंकर विरही गुरुङ, महासचिव घनश्याम रिजाल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’