Skip to content
Friday, July 17, 2026 Nepali Online Media

गोदावरी वनस्पति उद्यानमा थप ३०० वनस्पति पहिचान

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ५, ललितपुर  । गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा एक दशकमा थप ३०० प्रजाति वनस्पतिको पहिचान भएको छ ।

सन् २००३ मा भएको अध्ययनमा उद्यानमा ५५० प्रजाति पाइएकामा अहिले ८६० प्रजातिको पहिचान भएको हो । उद्यानले अहिले गरिरहेको वनस्पतिको अभिलेखीकरणमा ती वनस्पतिको पहिचान भएको उद्यान अधिकृत सिर्जना शाहले बताउनुभयो ।

नयाँ बिरुवा अन्यत्रबाट ल्याएर थप भएकाभन्दा पनि उद्यानकै पहिले पहिचान नभएका बिरुवा अहिले पहिचान हुँदा वनस्पतिका प्रजाति थप भएको उद्यानले बताएको छ । फूूल फुल्ने कतिपय वनस्पति नफुल्दासम्म बोट उस्तै देखिए पनि फुलेपछि फरक देखिन्छन् । उहाँ भन्नुहुन्छ, “यहाँ लामो समयसम्म रहेका कतिपय वनस्पति पनि धेरै समयपछि मात्रै पहिचान भएका छन् ।”

उन्यु, अर्किड, सुनाखरीलगायतका वनस्पतिको प्रजाति अहिले थप पहिचान भएको छ । उद्यानमा घुम्नका लागि मात्रै नभएर अध्ययन, अवलोकन गर्न पनि धेरै नेपाली र विदेशी बर्सेनि आउने गरेका छन् । रासस