२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा शास्त्रीय संगीत

२०७३, २७ बैशाख सोमबार १२:३५

सन्तोष बस्याल, बैशाख
२७, पोखरा ।
 पोखरामा धेरै संगीतका कार्यक्रम हुने गर्छन तर संगीतको धुन अनी लयको सिर्जनामा
रागको समिश्रण हुन्छ भन्ने कमैलाई मात्र जानकारी होला ।

classical

रागलाई हामीले नाम मात्र सुनेका छौ तर यसको प्रक्रिती र प्रकारलाई बुज्न
जती गाह्रो छ त्यती नै प्रस्तुत गर्न झनै साह्रो छ । पोखरामा गत शुक्रबार र शनिबार रागका सुमधुर सरगमले
बातावरणनै भिन्न बनाएको अनुभुती गर्न पाएका छन पोख्रेलीले । जुन अवसरलाई प्रदान गर्‍यो पोखरामा
शास्त्रीय संगीतलाई माथि उठाउन प्रयासरत सस्था संगीत समाज नेपाल कास्कीले ।

पोखरामा रहेको उक्त
सस्थाले शुक्रबार पोखरा उध्योग बाणिज्य संघको अमृत कक्षमा शास्त्रीय संगीतको वातावरणनै तय गरेको थियो ।
जस्मा भारतका प्रसिद्ध सितारवादक पण्डित रविन्द्र नारायाण गोस्वामीले राग पुरियाधनाशारे मार्फत दर्शकको
मन जितेका थिए भने भारतकै बनारस युनिवर्सिटीबाट नेपाली मौलिक लयमा बासुरीवादन बाट पिएचडी गर्न लागेका
बाग्लुङका हरी पौड्याल राग मधुवन्तीलाई बासुरीको मधुरता मार्फत दर्शकको मनमा बस्न सफल भए ।

त्यसै
गरी कार्यक्रममा श्वीजरल्यान्डकी वेष्टरन म्युजिककी बासुरीवादक हेलेना फिलपाटले नेपाली चर्चित गीत असारे
महिना र फुलको आँखामा फुलै संसार बासुरीबाट प्रस्तुत गरेकी थिइन । नेपालका प्रसिद्द तबलावादक श्री
रविनलाल श्रेष्ठको उपस्थीत मार्फत कार्यक्रमको रौनकता अझै बढेको थियो ।

गत शुक्रबार पोखरा उध्योग
बाणिज्य संघको अमृत कक्ष र शनिबार पोखाराको केदारेश्वर मन्दिरमा शास्त्रीय संगीतको माहोलले सुन्दर
नगरिपोखरामा अझै सुन्दरताको महशुस दिलायो । शुक्रबार भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा आशणग्रहण
गरेका वरीष्ट कलाकार ( कार्टुनिश्ट ) दुर्गा बराल वात्सायानले आफुलाई संगीतको बारेमा धेरै जानकारी
नभएपनी आफु राम्रो स्रोता भनेभएको प्रश्ट प्रादै पोखारामा शास्त्रीय संगीतलाई माथि उठाउन सबैलाई आग्रह
गर्नुभयो ।

हरेक महिनाको अन्तिम शनिबार श्री केदारेश्वर महादेवमणी आश्रम सेवा समिती र संगीत समाज
नेपाल कास्कीको तत्वादनमा हुँदै आइरहेको शास्त्रीय संगीत कार्यक्रम यस्पाली भने केही खास रह्यो ।
शुक्रबार भएको कार्यक्रमको अध्यक्षता संगीत समाज नेपालका अध्यक्ष तिर्थराज पोख्रेलले गरेका थिए भने
कार्यक्रमको सन्चालन महासचिव प्रेमबहादुर थापाले गरेका थिए ।

यस्तै शनिबारको कार्यक्रमको
अध्यक्षता आश्रमका अध्यक्ष श्री लेखनाथ आचार्य रहेका थिए भने कार्यक्रमको सन्चालन संगीत समाज नेपालका
सचिव ओमकाजी थापाले गरेका थिए । दुवै कार्यक्रममा गुरुकुल संगीत प्रशिक्षण केन्द्रका प्रशिक्षार्थीले
संगीत प्रेयर तथा गीतसङीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस