३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा शास्त्रीय संगीत

२७ बैशाख २०७३, सोमबार १२:३५

सन्तोष बस्याल, बैशाख
२७, पोखरा ।
 पोखरामा धेरै संगीतका कार्यक्रम हुने गर्छन तर संगीतको धुन अनी लयको सिर्जनामा
रागको समिश्रण हुन्छ भन्ने कमैलाई मात्र जानकारी होला ।

classical

रागलाई हामीले नाम मात्र सुनेका छौ तर यसको प्रक्रिती र प्रकारलाई बुज्न
जती गाह्रो छ त्यती नै प्रस्तुत गर्न झनै साह्रो छ । पोखरामा गत शुक्रबार र शनिबार रागका सुमधुर सरगमले
बातावरणनै भिन्न बनाएको अनुभुती गर्न पाएका छन पोख्रेलीले । जुन अवसरलाई प्रदान गर्‍यो पोखरामा
शास्त्रीय संगीतलाई माथि उठाउन प्रयासरत सस्था संगीत समाज नेपाल कास्कीले ।

पोखरामा रहेको उक्त
सस्थाले शुक्रबार पोखरा उध्योग बाणिज्य संघको अमृत कक्षमा शास्त्रीय संगीतको वातावरणनै तय गरेको थियो ।
जस्मा भारतका प्रसिद्ध सितारवादक पण्डित रविन्द्र नारायाण गोस्वामीले राग पुरियाधनाशारे मार्फत दर्शकको
मन जितेका थिए भने भारतकै बनारस युनिवर्सिटीबाट नेपाली मौलिक लयमा बासुरीवादन बाट पिएचडी गर्न लागेका
बाग्लुङका हरी पौड्याल राग मधुवन्तीलाई बासुरीको मधुरता मार्फत दर्शकको मनमा बस्न सफल भए ।

त्यसै
गरी कार्यक्रममा श्वीजरल्यान्डकी वेष्टरन म्युजिककी बासुरीवादक हेलेना फिलपाटले नेपाली चर्चित गीत असारे
महिना र फुलको आँखामा फुलै संसार बासुरीबाट प्रस्तुत गरेकी थिइन । नेपालका प्रसिद्द तबलावादक श्री
रविनलाल श्रेष्ठको उपस्थीत मार्फत कार्यक्रमको रौनकता अझै बढेको थियो ।

गत शुक्रबार पोखरा उध्योग
बाणिज्य संघको अमृत कक्ष र शनिबार पोखाराको केदारेश्वर मन्दिरमा शास्त्रीय संगीतको माहोलले सुन्दर
नगरिपोखरामा अझै सुन्दरताको महशुस दिलायो । शुक्रबार भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा आशणग्रहण
गरेका वरीष्ट कलाकार ( कार्टुनिश्ट ) दुर्गा बराल वात्सायानले आफुलाई संगीतको बारेमा धेरै जानकारी
नभएपनी आफु राम्रो स्रोता भनेभएको प्रश्ट प्रादै पोखारामा शास्त्रीय संगीतलाई माथि उठाउन सबैलाई आग्रह
गर्नुभयो ।

हरेक महिनाको अन्तिम शनिबार श्री केदारेश्वर महादेवमणी आश्रम सेवा समिती र संगीत समाज
नेपाल कास्कीको तत्वादनमा हुँदै आइरहेको शास्त्रीय संगीत कार्यक्रम यस्पाली भने केही खास रह्यो ।
शुक्रबार भएको कार्यक्रमको अध्यक्षता संगीत समाज नेपालका अध्यक्ष तिर्थराज पोख्रेलले गरेका थिए भने
कार्यक्रमको सन्चालन महासचिव प्रेमबहादुर थापाले गरेका थिए ।

यस्तै शनिबारको कार्यक्रमको
अध्यक्षता आश्रमका अध्यक्ष श्री लेखनाथ आचार्य रहेका थिए भने कार्यक्रमको सन्चालन संगीत समाज नेपालका
सचिव ओमकाजी थापाले गरेका थिए । दुवै कार्यक्रममा गुरुकुल संगीत प्रशिक्षण केन्द्रका प्रशिक्षार्थीले
संगीत प्रेयर तथा गीतसङीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’