२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा ४० बर्षमा पनि बनेन बसपार्क,अब कहिले बन्ला ?

२९ बैशाख २०७३, बुधबार ०३:५४

शिव न्यौपाने/बैशाख २९, पोखरा । चार
दशकअघि अधिग्रहण गरिएको जग्गामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन भर्खरै शिलान्याससम्म भएको छ । तर,
त्यतिबेलै व्यवस्थित बसपार्कका लागि छुट्याइएको जग्गा भने अझै अव्यवस्थित छ ।

व्यवस्थित बसपार्क बनाउन सहरको बीच भाग (पृथ्वी चोक) मा २०३२ सालमा २ सय ५ रोपनी जग्गा
अधिग्रहण गरिएको थियो । तर, पोखरा उपत्यका नगर विकास समितिलगायत अन्य सरोकारवालाको बेवास्ताले बन्न
सकेको छैन । बरु समितिकै केही पूर्वपदाधिकारीले घडेरी बनाएर बिक्री गरेको र सुकुम्बासीका नाममा घरटहरा
बनाएर बस्दा अहिले यो अतिक्रमणको चपेटामा परेको छ ।

बसपार्कबाट
पृथ्वी, सिद्धार्थ र पोखरा– बागलुङ राजमार्ग सुरु हुन्छन् । बसपार्क अभावमा सवारीसाधनको व्यवस्थापन
नहुँदा उपमहानगरको शोभा नै घटेको छ । पर्यटक तथा अन्य यात्रुले दुःख पाएका छन् । यात्रु बीच बाटोमा
बस्नुपर्ने अवस्था छ । दुर्गन्ध पनि उस्तै । सडकमै पार्किङले ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।
वर्षाका बेला बसपार्क छिर्नै मुस्किल हुन्छ ।

कुनै पनि सहरको
सम्पन्नताका लागि त्यहाँको भौतिक पूर्वाधार महत्वपूर्ण हुन्छ । तर, ‘मेट्रोसिटी’ का रूपमा विकसित हुँदै
गएको र प्रस्तावित ४ नम्बर प्रदेशको राजधानीका रूपमा हेरिएको पोखरामा बसपार्क नबन्नु दुखद् रहेको पोखरा
उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापा बताउछन् । ‘अग्रजले दूरदृष्टि लगाएर उतिबेलै जग्गा
खोजेका थिए । व्यवस्थित बसपार्क बनेको भए प्रकृतिको धनी पोखरा अझै सुन्दर देखिन्थ्यो,’ उनले भने, ‘तर
भएको जग्गा पनि उपयोगमा ल्याउन सकिएन । बसपार्कको हालत देख्दा निकै दुःखी हुने अवस्था छ ।’ सुन्दर सहरको
वैभव बचाउने दिशामा यहाँका नेतृत्वकर्मी असफल देखिएको र बसपार्कको अस्तव्यस्तले यात्रुले सास्ती
खेप्नुपरको थापाको भनाइ छ ।

बसपार्कको जग्गामा अहिले ४ सय २४
सुकुम्बासीका घरटहरा छन् । २०४६ सालअघि ६४ घर रहेकामा अहिले बढेर त्यति पुगेका हुन् । उनीहरूमध्ये
कास्की ठेगाना भएका १६४ रहेका र ९९ प्रतिशतले सुकुम्बासी परिचयपत्र पाएका छन् । कतिपयले ती टहरा भाडामा
दिएको र कतिपयले लाखौं रुपैयाँमा बिक्री पनि गर्छन् । तीबाहेक अन्य दर्जनौं पक्की घर पनि बसपार्क
क्षेत्रमा बनेका छन् । नगर विकास समितिले पटकपटक बसपार्क बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन नसकेको
हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो