2026-06-28 07:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

लमजुङका एक युवकद्वारा वनस्पतिबाट खाना पकाउने ग्यास उत्पादन

मंसिर ९, लमजुङ । देश इन्धन र खाना
पकाउने ग्यासको चरम अभावमा रहेका बेला लमजुंगको एक युवकले वनस्पतिबाट खाना पकाउने ग्यास उत्पादन गरेका
छन् ।

लमजुंगको करापुटार नगरपालिकास्थित लक्ष्मीबजारका २५
वर्षीय रदी मियाँले स्थानीयस्तरमा पाइने सालधुप, खिर्राको चोप, बाँसको पानी, प्रशोधित पानी र खाने सोडा
प्रयोग गरी ग्यास उत्पादन गरेका हुन् ।

ग्यास उत्पादनमा सफल
भएको भन्दै रदी भन्छन्( ‘मैले उत्पादन गरेर चिया पनि पकाएँ, यसले बजारमा पाइने खाना पकाउने ग्यासको
जस्तै काम गर्न सक्छ, मेरो कामको विश्वास लाग्छ भने लगानी गर्ने उद्देश्यले कसैले लगानी गरी सहयोग गरेमा
म लमजुङमा नै ग्यासको सफल उत्पादन गर्न सक्छु, मैले उत्पादन गरेको ग्यासलाई अझै प्रशोधन र परिमार्जन
गर्न आवश्यक छ, सरकारले सहयोग गरे यहाँ आवश्यक पर्ने ग्यास स्वदेशमै उत्पादन गर्न सकिन्छ ।’

हाल उत्पादन भएको ग्यासलाई खाना पकाउने एलपी ग्यासको खाली सिलिन्डरमा
जम्मा गर्दै परीक्षण गरेका उनले प्रारम्भिक रुपमा उत्पादन गरेको खाना पकाउने ग्यास सफल परीक्षण भएको र
अब सरकारले साथ दिएमा दिलोज्यानले लागेर उत्पादन गर्ने सोचमा रहेको उनले बताए ।
एक लिटर बाँसको पानी,
खिर्रोको चोप र सालको धुलो एक/एक सय ग्राम, एक पोका सोडा र एक लि प्रशोधित पानी मिसाएर मज्जाले घुलन
गर्दा आधा किलो खाना पकाउने ग्यास उत्पादन गर्न सकिन्छ ।

सामान्य परिवारमा जन्मिएका मियाले सँगसँगै अल्ट्रालाइटसमेत निर्माण गरेका छन् । यसअघि बनाइएको
अल्ट्रालाइटले सफल उडान भर्न नसकेपछि अलि सानो खालको अल्ट्रालाइटको निर्माणमा आफू जुटेको जानकारी दिए

गाउँमा नै उडान भर्ने क्रममा मैदान सानो भएकाले
अल्ट्रालाइटलाई रन वे नपुगेका कारण उडान सफल नभएको उनको भनाइ छ । युवा तथा खेलकुद मन्त्रालयले विज्ञान र
प्रविधिको क्षेत्रमा सहयोग गरेको भन्दै रदीलाई गत असार २१ गते रु ५० हजार राशिको ‘युवा प्रतिभा
पुरस्कार’समेत प्रदान गरेको थियो

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी