१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

महिलाले छाउ गोठमा ज्यान गुमाउनु परेको भन्दै महिला अधिकारकर्मिको चासो

६ पुष २०७३, बुधबार १२:४९

कमल रावल/पुस ६, अछाम । अछाम जिल्लाका अगुवा महिलाहरुले दिन प्रति दिन कुसंस्कारको सिकार बन्दै महिलाले छाउपडि गोठमा ज्यान गुमाउनु परेको भन्दै चाँसो ब्यक्त गरेका छन । नेपालमा राज्यका प्रमुख तीन वटा पदमा महिलाले प्रभावकारी नेतृत्व प्रदान गरीरहेको बेला अछाम जिल्लाका महिलाहरु भने अकालमै छाउ गोठमा ज्यान गुमाउनु परेको भन्दै चासो ब्यक्त गरेका हुन । 

यहि  मंसिर ३ गते तिमिल्सैन वडा नं ७ कि डम्बरा उपाध्याय र पौष २ गते राती गाज्रा गाबिसकी १५ बर्षिया रोशनी तिरुवाले महीनाबारि भएको बेला छाउपडी गोठमा दुखद मुत्य भएको भन्दै सबै अधिकारकर्मि स्तब्ध भएका महिला अधिकारकर्मि विन्दु रावलले बताउनु भयो । 

जिल्लामा विभिन्न सरकारी गैरसरकारी निकायहरुले प्रयाप्त कार्यक्रम संचालन गरेता पनि यो कुप्रथा अन्त्यका लागि चाहेजस्तो परिवर्तन हुन नसकेकाले प्रधानमन्त्री कार्यालयमा भोलि नै जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानआकर्षण पत्र बुझाउने कार्यक्रम रहेको रावलले बताउनु भयो । 

नेपालको संविधानको भाग ३ धारा ३८ र ३९ मौलिक हक अन्र्तगत महिला र बालबालिको हक सम्बन्धी व्यवस्था भएतापनि विगत लामो समयदेखि अछाम जिल्लामा छाउपडी कुप्रथा जस्ता सामाजिक प्रथा एंव संस्कारले  एक दशकदेखि ९ जना महिलाहरुको छाउपडी गोठमा वसेको कारण मृत्यु भएको र यस कुसंस्कारले गर्दा अछामी महिलाहरु पिडित र यस सवालप्रति चिन्तित भएका प्रेस विज्ञप्ती मार्फत जानकारी गराईएको छ । 

आगामी दिनमा महिला मानव अधिकारको सदुपयोग र नागरिकको कर्तव्यको हैसियतले सम्पुर्ण अछाम बासी महिला दिदी वहिनीहरुलाई छाउपडी गोठमा नबस्न र घरपरिवारलाई गोठमा नपठाउन, सुरक्षित ठाउंमा बस्न सहयोग गर्नको लागि हार्दिक अपिल गरिएको सबै अधिकारीकर्मिले हस्ताक्षर गरिएको प्रेस विज्ञप्ती आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल