प्रेम सुनार/पुस ९, गुल्मी । वस्ने वास भत्काईएको छ, एउटा बृद्ध दलितलाई बाँधेर गाउँ निकाल्दै ओढारको वास वस्ने सम्मको गम्भीर मानव अधिकार हनन् गरिएको छ । र पनि त्यस गाउँमा एउटा सामन्य घटना मानिएको छ ।
पिडक भनिएका पक्षले पिडित पक्षलाई भन्ने गरेका छन्–‘ जिल्लाका तेरा मान्छेले उचाले भन्दैमा तँ नउचाल्ले, तँ विचरा गरी खाने मान्छे होस्, उल्टै तँलाई फसाउँन खोज्दै छन्, तेरै भलोका लागि हामी भन्दै छौ कि मुद्धा फिर्ता गर, चाहिने हामी नै हो तँलाई, यो मुद्धा गाउँमै मिलाउँ ।’
ठिक भन्नु भो गरिपरार भन्न मञ्जुर छ केहि दिन अघि गुल्मीको अर्वेनमा गाउँ निकला विरुद्धको उजुरी कर्ता यति वेला । हुन पनि सदरमुकाम तम्घासमा दुई दिन वस्दा होटलमा खानको पैसा तिर्ने उपाय थिएन् उ संग ।
अर्वेनी–५ का ८१ वर्षिय बृद्ध लालबहादुर सुनारलाई पौंष १ गते विहान छिमेकी व्राम्हण थरकी ४३ वर्षिय एक महिला संग प्रेम सम्वन्ध रहेको आरोपमा घरबाट बाँधेर गाउँ डुलाउँदै गाविस कार्र्यालयमा ल्याई कागज पत्र गराएर निजका छोरा अनुराम सुनारलाई संगै लगेर दार–पात जोगाउँने भए घर आफै भत्का, नत्र हामी जलाई दिन्छौं भन्दै आँखै अगाडी ति महिलाका भतिजा चिन्तामणी न्यौपानेको नेतृृत्वमा आएको एक समुहले भत्काउन लगाएको थियो र स्वयम न्यौपानेले पनि स्वीकार गरेका छन् ।
घर भत्के पछि ति बृद्ध र महिला अरुको दलान कुर्ने भएका छन् । त्यस विरुद्ध उजुरी दिन आएका अनुराम सुनार अघिल्लो दिन सम्म जसरी पनि न्याय पाउनु पर्छ र दोषि उपर कार्वाही हुनै पर्छ भन्ने अडान मैं दिए । जिल्ला प्रहरी कार्यालयमा सार्वजानिक अपराधको मुद्धा परेको छ भन्ने थाह पाउन साथ अनुरामलाई मनाउनका लागि अर्वेनी गाविस सचिव भोजबहादुर राना र पुर्व गाविस सचिव बताउने एक जना स्थानिय जल्दा बल्दा समाज सेवी उनि बसेको होटलमा पुगेका हुन्छन् ।
त्यहाँका अरु दलित अगुवाहरु पनि त्यहाँ आई पुगेका हुन्छन् । उनिहरु माथी निकै गोहीका आँशु बगाउन सुरु हुन्छ । ढोकाको चुक्कुल लगाईएको थियो , यो समाचार दाता पुग्दा । मानौ कि त्यो प्रहरी कार्यालयको केरकार शाखा हो । आफुरुले विगमा देखाएको दया मायाको स्मरण गराईन्छ । घर कसैले होईन भत्काएको तैले नै हो । भत्काउन लगाउनेहरुलाई कानुन लाग्दैन् ।
उनिहरु थप्छन्–‘ जवकी आत्मा हत्या गर्न बाध्य पार्नेहरुलाई त कानुन लाग्दैन भने झन घर भत्काउन लगाउनेहरुलाई लाग्ने त कुरै भएन । आखिर पर्ने तैं हो वावु ख्याल गर हैं, जाक्कीलास , तँलाई नै फँसाउँदै छन् जिल्लाका एकादुई मान्छेले , उनिहरुका पछाडाी नलाग वरु हिड गाउँमा । बरु हामीले त्यो घर गाविस कै रकम हालेर पनि बनाई दिन्छौं ।’
अनुराम त्यो सुनेर एक दम ठिक भने गाउँका ठुलाबडाले भन्दै मुद्धा दिन सघाउने जिल्लाका दलित अधिकारकर्मीहरु प्रति आक्रोषित बनि सकेका हुन्छन् । उनिलाई सघाउन आएका त्यस गाउँका अन्य दलित अगुवाहरु पनि ठिकै हो, यि जिल्लाका मान्छेहरुका पछाडी लाग्नु गलत हो भन्ने मानसिकतामा पुगी सकेका हुन्छन् ।
किन तपाईहरु खुट्टा कमाउँदै हुनुहुन्छ ? भन्ने प्रश्नमा अनुराम झोक्कीदै जवाफ दिन्छन्, मैले खास पिडित यी बुढा बुढीलाई यहाँ बुझाई दिएको छु , अव म घर जान्छु केटा केटी पाल्न पर्दैन ? भनेर प्रति प्रश्न गर्छन् । भन्छन्–‘ मैले यिनै गाउँका वराजुहरुको घरमा काम गरेर खानु पर्छ, कसरी मैले उनिहरु विरुद्ध मुद्धा लड्न सक्छु ?’
हुन पनि विचराको घरमा दिन भरी काम गरेर मात्र साँझ चुलो बल्ने गरेको छ । आखिर अनुराम पनि वावु प्रति खासै जिम्मेवार छैनन् । चुरो कुरो त के रहेछ भने उनि आमा संगै ल्याईएको झड्केला छोरा रहेछन् । त्यसैले आमाको २० वर्ष अघि मृत्यु भए पछि वावु छोराको झड्को नमिलेर बाबुलाई एक्लै छाडेर धेरै तल छुट्टिएर बस्दै आएका रहेछन् ।
उनि हिजै घर फर्केका छन् । आउनुस् है, प्रहरीले बोलाएका बेलामा भनेर जिल्लाका अधिकारकर्मीहरुले भन्दा –‘खै कस्तो हुन्छ, बाटो खर्च कसैले दिए आउने हो क्यारे भन्ने जवाफ दिन्छन् ।
उनि हिजो गाउँ पुगे लगत्तै उनलाई पछ्याउनेहरुको भित्र–भित्रै घुँईचो लाग्न सुरु भएको गोप्य श्रोतले सुचित गर्दै आएको छ । सुरुमा उनिहरुलाई न्याय दिलाउने पक्षका केहि दलित अगुवाहरुलाई पनि मनाउने कार्य भएरै होला , अहिले निकै नरम र देखिएका छन् ।
मैले उनिहरुकै घरमा गरेर खानु पर्छ, कसरी उनिहरु विरुद्ध मुद्धा लंडू ? भन्ने अनुरामको प्रति प्रश्न जिल्लाका तमाम विपन्न दलित समुदायको प्रतिनिधी मुलुक प्रति प्रश्न हो । त्यस्तै कारणले जघन्य प्रकारका अपराध , दमन, शोषण र जति सुकै अत्यचार हुँदा पनि कैयौं दलितहरु पिडक माथील्लो भनिएको समुदाय र वर्ग संघ मुख फोर्न सक्दैनन् ।
वल्ल तल्ल मुख फोर्ने शाहस बटुलेका अर्वेनीका अनुराम पनि आर्थिक अभावकै कारण मुद्धा फिर्ता लिने मनस्थितीमा पुगेका छन्, पुराईएको छ । यस प्रति नेपाल राष्ट्रिय दलित आयोग लगायतका सरोकारवाला गम्भीर हुन जरुरी छ । यो मुद्धालाई संस्थागत रुपमै अगाडी बढाउने सरोकारवालाले अग्रसरता नलिए फेरी पनि गम्भी मानव अधिकारी हनन् गर्नेहरुले प्रश्रय पाउने देखिएको छ ।
सुरु देखि नै यो समाचारदाताले यस मुद्धालाई जोड तोडले उठाए पनि पिडक पक्षले सरापेका छन् भने सरोकारवालाले संवद्ध सवै सञ्चार माध्यमलाई विशेष धन्यबाद् दिएका छन् तर निवेदक पक्ष भने खुट्ट कमाउँदै छन् ।
घटना स्थल सदरमुकाम तम्घासबाट ६० किलो मिटर दुरीमा पर्ने पुर्वी स्याङ्गजा र पर्वतको सिमना कालिगण्डकी नदि किनारमा पर्दछ् । पिडित पक्षलाई पछाडी हट्ने प्रयास जारी रहेको सुचना पाए संगै अहिले दिउँसो जिल्लाका दलित अधिकारकर्मीहरु विचमा छलफल चलिरहेको नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य कृष्ण सुनारले जानकारी दिए ।