२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तातो पानिमा नुहाउने र लुगा धुनेहरुको भिडलाग्यो

२०७३, ९ पुष शनिबार ०७:११

दान बहादुर बुढा, पुस ९, मुगु  । मुगुमा अत्याधिक जाडो बढेर धाराको पानीले नुहाउँन लुगा धुन नसकिने अबस्था आएपछि बालक देखि बृद्धा सम्म नुहाउँन र लुगा धुनेहरुको तातोपानीतिर भिडहुन थालेका छन् । 

पुस महिना प्रारम्भ संगै जाडो बढेपछि मुगुको रुगा गाविस स्थित झुसेकुना, जिमा गाविसको कुलाहा र हुम्ला जिल्लाको जैर लुमछहरा, उनापानी, सरिकल्ला लगायत स्थानमा रहेका तातोपानी कुण्डमा नुहाउँन बालक, महिला बृद्धाहरुको भीड लाग्न थालेको छ । शनिबार बिदाको दिनमा तातेपानी कुण्डमा नुहाउन बिधार्थी शिक्षकको घुइचो लाग्ने गरेको छ । दिनभरी तातेपानी कुण्डमा नुहाउने लुगा धुने र बेलुका घर फर्किने गर्छन् । जाडो मौसमले धारोको पानीमा बरफ जमेर नुहाउ“न लुगा धुन कठिनाई हुन थालेपछि स्थानीयबासी तातोपानीतिर धाउँन थालेका छन् । तातोपानी भन्दा टाढाका स्थानीयबासी खान खर्च र लुगा समेत बोकेर दुई तीन दिन सम्म तातोपानी कुण्डमै बास बसेर नुहाउँने गरेका छन् । 

बुढापाकाहरुले तातोपानीमा नुहाउँदा शरिरको रागन (बाथ )रोग सञ्चो हुने बिश्वास रहेको छ । पुस महिना देखि माघ मसान्त सम्म तातोपानीका कुण्डहरुमा स्थानीय नुहाउँन जाने गर्छन् । मुगुको झुसेकुना, कुलाहा तातोपानी कुण्ड ब्याबस्थित नहुदा स्थानीय लाई नुहाउन समस्या हुने गरेको छ ।

तातो पानिमा नुहाउदा रागन, ठाउको दुख्ने, आखा पाक्ने, शरिर दुख्ने, जस्ता रोगहरु निको पार्ने बिशुवासले गर्दा सबै भन्दा बढी मंशिर, पुस र माघ महिनामा बढी नुहाउोहरुको घुईचो हुने गरेको रारा गाबिसका ६५  बर्षका हंस कार्कीले बताएका छन । मुगुको तापक्रम अधिकत्तम १७ र न्यूनत्तम १ डिग्री सेल्सिएस पुगेको छ । यस्ता महत्तपूर्ण स्थानहरुमा स्थानिय गाबिस ,जिबिसले संरक्षणमा ध्यान नदिदा अब्याबस्थित रहेका छन ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ