दान बहादुर बुढा/पुस ९, मुगु । मुगुमा अत्याधिक जाडो बढेर धाराको पानीले नुहाउन लुगा धुन नसकिने अबस्था आएपछि बालक देखि बृद्धा सम्म नुहाउन र लुगा धुनेहरुको तातोपानीत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा/पुस ९, मुगु । मुगुमा अत्याधिक जाडो बढेर धाराको पानीले नुहाउन लुगा धुन नसकिने अबस्था आएपछि बालक देखि बृद्धा सम्म नुहाउन र लुगा धुनेहरुको तातोपानीत"/>
2026-09-08 02:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

तातो पानिमा नुहाउन र लुगा धुनेहरुको भिड लाग्यो

दान बहादुर बुढा/पुस ९, मुगु । मुगुमा अत्याधिक जाडो बढेर धाराको पानीले नुहाउन लुगा धुन नसकिने अबस्था आएपछि बालक देखि बृद्धा सम्म नुहाउन र लुगा धुनेहरुको तातोपानीतिर भिडहुन थालेका छन् । 

पुस महिना प्रारम्भ संगै जाडो बढेपछि मुगुको रुगा गाविस स्थित झुसेकुना, जिमा गाविसको कुलाहा र हुम्ला जिल्लाको जैर लुमछहरा, उनापानी, सरिकल्ला लगायत स्थानमा रहेका तातोपानी कुण्डमा नुहाउन बालक, महिला बृद्धाहरुको भीड लाग्न थालेको छ । 

शनिबार बिदाको दिनमा तातेपानी कुण्डमा नुहाउन बिधार्थी शिक्षकको घुइचो लाग्ने गरेको छ । दिनभरी तातेपानी कुण्डमा नुहाउने लुगा धुने र बेलुका घर फर्किने गर्छन् । जाडो मौसमले धारोको पानीमा बरफ जमेर नुहाउन लुगा धुन कठिनाई हुन थालेपछि स्थानीयबासी तातोपानीतिर धाउ“न थालेका छन् । तातोपानी भन्दा टाढाका स्थानीयबासी खान खर्च र लुगा समेत बोकेर दुई तीन दिन सम्म तातोपानी कुण्डमै बास बसेर नुहाउने गरेका छन् । 

बुढापाकाहरुले तातोपानीमा नुहाउ“दा शरिरको रागन (बात) रोग सञ्चो हुने बिश्वास रहेको छ । पुस महिना देखि माघ मसान्त सम्म तातोपानीका कुण्डहरुमा स्थानीय नुहाउ“न जाने गर्छन् । मुगुको झुसेकुना, कुलाहा तातोपानी कुण्ड ब्याबस्थित नहुदा स्थानीय लाई नुहाउन समस्या हुने गरेको छ ।

तातो पानिमा नुहाउदा रागन, ठाउको दुख्ने,आखा पाक्ने, शरिर दुख्ने, जस्ता रोगहरु निको पार्ने बिशुवासले गर्दा सबै भन्दा बढी मंशिर, पुस र माघ महिनामा बढी नुहाउोहरुको घुईचो हुने गरेको रारा गाबिसका ६द्द बर्षका हंस कार्कीले बताएका छन । 

मुगुको तापक्रम अधिकत्तम १७ र न्यूनत्तम १ डिग्री सेल्सिएस पुगेको छ । यस्ता महत्तपूर्ण स्थानहरुमा स्थानिय गाबिस, जिबिसले संरक्षणका ध्यान नदिदा बेवारीसे अब्याबस्थित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल