११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

युवाहरुका लागि नेतृत्व विकास सम्वन्धि दूई दिने तालिमको मंगलसेनमा उदघाटन

११ पुष २०७३, सोमबार ०३:१३

कमल रावल/पुस ११, अछाम । जिविस अछामका निमित्त स्थानिय विकास अधिकारी शरदप्रसाद ढुंगानाले समाज विकास र रचनात्मक कार्यका लागि युवाको सक्रियता आवस्यक भएको बताँउनुभएको छ । 

युवाहरुका लागि नेतृत्व विकास सम्वन्धि २ दिने तालिमको मंगलसेनमा उदघाटन गर्दै ढुगानाले यस्तो बताँउनुभएको हो । यू एन एफ पी ए को सहयोग, जिविस अछामको आयोजना र जिल्ला युवा संजाल अछामको समन्वयमा सुरु भएको तालिममा प्रमुख अतिथी रहनुभएका ढुंगानाले युवाहरुलाई २ दिने तालिमवाट सिक्ने कुरालाई ब्यावहारमा उतारेर अगि बढ्न अनुरोध गर्नुभयो । 

जिल्ला युवा संजाल अछामका अध्यक्ष होम साउदको अध्यक्षतामा भएको तालिमको उदघाटन सत्रमा यू एन एफ पी ए अछामका प्रमुख भरत गोतामेले तालिमको उद्देश्यमाथि प्रकाश पार्नुका साथै स्वागत मन्तब्य राख्नुभएको थियो । उदघाटन कार्यक्रममा सहजकर्ता भिम जनाला, जिविसका लोकेन्द्र ढुंगाना लगायतका अतिथी रहनुभएको थियो । 

बिभिन्न क्षेत्रका गरी १५ जना युवाहरुको सहभागिता रहेको उक्त तालिमको उदघाटन सत्रको सञ्चालन जिल्ला युवा संजालका सचिव कमल कुमार रावलले गर्नुभएको थियो । यसैबिच साफेबगर नगरपालिकामा नगर स्तरिय युवा सञ्जालको तदर्थ समिति गठन गरिएको छ । जिल्ला युवा सञ्जालका सदस्य सुरत भुलको अध्यक्षतामा भएको युवाहरुको एक भेलाले भुपेन्द्र भण्डारी सयोजक रहने गरि १३ सदस्यिय सञ्जाल गठन गरिएको हो । 

एक महिनाभित्रै बृहत् भेलाको आयोजना गरि सञ्जाल लाई पुर्णता दिने गरि नगरका सबै १२ वडाबाट एक एक जना सदस्य राखिएको छ । उक्त कार्यक्रममा जिल्ला युवा सञ्जालका अध्यक्ष होम बहादुर साउद, उपाध्यक्ष मेनुका ढुङ्गाना, सचिव कमल रावल, साफेबगर नगरपालिकाका खरिदार नृप बिश्वकर्मा, प्राविधिक नरेन्द्र बहादुर तिरुवा, जिल्ला सदस्य बैजन्ती कुवर, कबिता ठकुल्ला, सास्कृतिक बिभाग सदस्य पुजा बुढा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह