नमुना बन्दै बयालपाटा अस्पताल, सर्जरी सेवा निशुल्क दिने

Posted on: 28 Dec, 2016


हालसम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुको निशुल्क उपचार  

पूर्णबहादुर खड्का/पुस १३, अछाम । बिगत ९ बर्ष देखी अछाम जिल्लामा निरन्तर सेवा दिईरहेको न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा सामुदायिक अस्पतालले हाल सर्जरी सेवा सहित आफ्ना सम्पूर्ण सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । 

सन २००८ बाट अछामको साँफेबगरमा मेडिकल क्लिनिकबाट नै निशुल्क प्राथमिक स्वास्थ्य सेवा सुचारु गरेको न्याय हेल्थ नेपालले हाल विभिन्न प्रकारका गरी १२ भन्दा बढी किसिमका सेवाहरु निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । सन् २००९ बाट न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालमा मार्फत आधारभुत सेवाहरु प्रदान गर्न सुरु गरेको थियो । 

नेपालको दुर्गम जिल्ला अछाम लगायतका छिमेकी जिल्लाहरुका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउन अस्पतालले आफ्ना सेवाहरु निरन्तर निशुल्क रुपमा प्रदान गर्दै आईरहेको छ । तत्कालिन समयमा स्वास्थ्य सेवाबाट कुनैपनि बिरामीले अकालमै ज्यान गुमाउन नपरो भन्ने उद्देश्यले अस्पतालको स्थापना गरिएको थियो । 

अस्पताललले हाल बाहिरंग सेवा, २४ सै घण्टा अन्तरग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरु प्रदान गर्दै आईरहेको छ भने शल्यक्रिया मार्फत प्रसुती सेवा, हर्निया तथा हाईड्रोशिल र एपेन्दिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरीहरु निशुल्क प्रदान गर्दै आएको अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले बताए । 

निशुल्क रुपमा सर्जरी सेवा उपलब्ध गराउने नेपालमै एकमात्र तथा पहिलो अस्पताल बयालपाटा अस्पताल रहेको उहाँको भनाई छ । उहाँले भने सर्जरी सेवाहरु नेपालका विभिन्न ठाँबाट प्रदान हुने गरेका छन तर ति सबै सशुल्क रुपमा भईरहेको र बयालपाटा अस्पतालले दिने सेवा निशुल्क रहेका । यसरी सर्जरी लगायतका अस्पतालबाट प्रदान गरिने सबै सेवा निशुल्क रुपमा प्रदान गर्ने एकमात्र अस्पताल बयालपाटा अस्पताल हो । 

अस्पतालले अहिलेसम्म ४ हजार भन्दा बढी बिरामीको निशुल्क सर्जरी सेवा गरिरकेको छ । केही जटिल अवस्थाका सर्जरी पनि सफलतापूर्वक सम्पन्न गरेको छ । यसका लागी नेपालमै पहिलो महिला अर्थोपेडिक सर्जन बिशेषज्ञ डाक्टर आरधना झाबाट अस्पतालले सर्जरी सेवा सुरु गरेको थियो । डाक्टर झा पछि अर्का अर्थोपेडिक बिशेषज्ञ सर्जन मन्दिप पाठकले अस्पतालमा सेवा दिनु भएको थियो भने । हाल हार्डजोनीका शल्यक्रिया सेवाहरु अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचन तथा उप मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले प्रदान गरिरहनु भएको छ । २०७० सालदेखी अस्पतालमा सर्जरी सेवा सुचारु गरिएको थियो ।

दुर्गम तथा पिछडिएका क्षेत्रका जनताले स्वास्थ्य कुनै पनि सेवा लिदाँ पैँसा खर्च गर्नु नपरोस भन्ने हेतुले अस्पताललले सबै सेवाहरु निशुल्क गराएको हो । गरिब तथा बिपन्न परिवारका बिरामीहरुलाई रोगबाट भन्दा बढी गरिबीले गर्दा शहर लैजान नसकेर अकालमा मृत्यु हुने गरेको अवस्थालाई मध्यनजर गरेर अस्पतालले सबै सेवा निशुल्क प्रदान गरिरहेको छ । सामान्य खालको सर्जरीका लागी पनि ५० हजार भन्दा बढी पैसा लाग्ने गदर्छ तर बयालपाटा अस्पतालले यस्ता प्रकारका विभिन्न सर्जरी सेवा पनि निशुल्क रुपमा प्रदान गर्ने गरेको छ । अस्पतालका डाक्टर तथा मेडिकल उपनिर्देशक सन्तोष कुमार ढुंगाना भन्नुहुन्छ यस क्षेत्रका जनताको आर्थिक अवस्था एकदमै नाजुक छ जसले गर्दा सर्जरी सेवाका लागी पैँसा हुदैन र समयमै उपचार नभए अकालमा ज्यान गुमाउनु परेको छ । यो अवस्थालाई मध्यनजर गर्दै हामीले सबै किसिमका सेवा निशुल्क प्रदान गरेका हौँ । 

स्वास्थ्यमा सबैको पहुँच हुनपर्छ र यो निशुल्क हुनुपर्छ भन्ने मान्यता राखेर न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालले आधारभुत सेवा सम्पुर्ण रुपले निशुल्क हुनेगरी अछाम जिल्लाका सुरु गरिएको थियो । यस क्षेत्रका जनताले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस र सबै सेवाहरु निशुल्क रुपमा लिन सकुन भनेर दर्गम क्षेत्रमा यस अस्पतालको अवधारणा गरिएको थियो । स्थानियबासीहरु भन्छन अस्पतालले यस क्षेत्रका जनतालाई निकै सेवा पुर्याएको र यो दिर्घकालिन हुनुपर्नेमा जोड दिने गरेका छन । अछाम लगायत डोटी, बाजुरा, बझांग, डडेलधुरा, मुगु, कालिकोट लगायतका जिल्लाबाट पनि जनताले सेवा लिईहरेका छन । यि सबै ठाँउका जनताले निशुल्क स्वास्थ्य सेवा पाउदाँ निकै हर्षित छन । 

सन् २०१३ मा स्वास्थ्य खबर पत्रिकाले बयालपाटा अस्पताललाई नेपालकै उत्कृष्ट अस्पतालको अवार्ड जित्न सफल यस अस्पतालको आम जनताका लागी प्रभावकारी सेवा दिन सफल भएको मान्न सकिन्छ । यसका साथै यस बर्ष अछाम जिल्लालाई नै स्वास्थ्य सेवामा नेपालको पहिलो जिल्ला बनाउन पनि बयालपाटा अस्पतालको भुमिका रहेको छ । 

बयालपाटा अस्पतालले आर्थिक बर्ष २०७२/०७३ मा मात्र ८५ हजार ७ सय ८६ जना बिरामीलाई बाहिरंग, अन्तरंग र आकस्मिक विभागबाट निशुल्क सेवा प्रदान गरेको छ भने अहिले सम्म ३ लाख ७५ हजार भन्दा बढी बिरामीहरुले अस्पतालबाट सेवा लिईसकेका छन । अस्पतालले हाल आएर मानसिक स्वास्थ्य सेवा पनि संचालन गरेको छ । आर्थिक बर्ष २०७२÷०७३ बाट मानसिक स्वास्थ्य सेवा सुचारु गरिएको हो । यसका साथै अस्पतालले स्वास्थ्य मन्त्रालयबाट संचालित कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, टि.बी. एचआईभी एड्स, कुपोषण, कुष्ठारोग, खोप आदी कार्यक्रम संचालन गरिहरेको छ । बिरामीहरुका लागी अस्पतालले नेपाल सरकारबाट उपलब्ध हुने ७० प्रकारका निशुल्क औषधी बाहेक २०० प्रकारका अन्य औषधी पनि उपलब्ध गराउने व्यवस्था गरेको छ । 

अस्पतालले आधुनिक प्रयोगशाला, डिजिटल एक्सरे, भिडियो एक्सरे, ब्लड बैँक सेवाहरु पनि संचालन गरेको छ । यसका साथै दन्त सेवा पनि दिईरहेको छ । दन्त चिकित्सक डाक्टर रेखा शेरचन र दन्त सहायक मोहन साँउदले दाँतका बिरामीहरुलाई पनि सेवा दिईरहेका छन । सार्वजनिक बिदाका दिन बाहेक अस्पतालले मिनिल्याप र भ्यासेक्टोमी सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ । 

अस्पतालले आफ्ना सेवा तथा सुविधाहरु थप गर्नका लागी अस्पतालमा निर्माण कार्यलाई पनि संगसंगै अगाडी बढाएको छ । 

हाल नेपालमै नमुनाका रुपमा अस्पताल परिसरमा माटाका भवन निर्माण कार्य भईरहेको छ । सन् २०१८ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडी बढाईएको छ । निर्माण भईरहेका भवनहरु भुकम्प प्रतिरोधात्मक हुने बिश्वास गरिएको छ । 

यसका साथै अस्पतालले ग्रामिण क्षेत्रका जनताका छोराछोरी यसै क्षेत्रमा बसेर स्वास्थ्य शिक्षा हासिल गर्न सकुन भन्ने उद्देश्यले ग्रामिण शिक्षण अस्पतालको समेत परिकल्पना गरेको छ । त्यसका लागी आवश्यक तयारी भईरहेको बताईएको छ । हाल बयालपाटा अस्पतालमा डा. बिकाश गौचन, डा. सन्तोष कुमार ढुंगाना र डा. पवनकुमार अग्रवाल सहित तिनजना ःम्न्ए कार्यरत रहेका भने ८ जना मेडिकल तथा डेन्टल अधिकृत सहित ११ जना चिकित्सकहरु कार्यरत रहेका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!