२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

सप्तरीको पूर्वी भेगमा हात्ती आतङ्क

२०७३, १३ पुष बुधबार ०७:०२

पुस १३, राजविराज । कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने गरेको जङ्गली हात्तीले सप्तरीको पूर्वी भेगमा आतङ्कित बनाएको छ । 

त्यहाँका बासिन्दालाई जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । 

आरक्षबाट दैनिकजसो रातको समयमा आउने अर्ना, हात्ती र बँदेलका कारण सो ठाउँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएको सप्तरीको पोर्ताहा गाविस–५ निवासी घोषिन उत्थान मञ्चका केन्द्रीय अध्यक्ष शोभितलाल पघैयाले बताउनुभयो ।

हात्ती आरक्षबाट निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मच्चाउँदै गहँुबालीमा समेत ठूलो क्षति गर्ने गरेको उहाँले बताउनुभयो । 

ती हात्तीले गाउँ पसेर बालीनाली खानको साथै गहँुबाली कुल्चेर नष्ट गर्ने गरेको बताइएको छ । 

दुई दिन अगाडि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आएको हात्तीले सप्तरीको भारदह–९ स्थित भलुवामा एक जनालाई लखेटेर मारेको थियो । 

जिल्लाको भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुरलगायतका गाउँँमा दिनुहँु हात्ती आउने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ