२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका पत्रकारहरु आन्दोलित

२०७३, १३ पुष बुधबार १३:११

पुष १३, कपिलवस्तु | नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको सदस्यता सम्बन्धि गरेको निर्णय विरुद्ध जिल्लाका क्रियाशिल पत्रकार आन्दोलित भएका छन् । शाखाले हालै सदस्यता सम्बन्धि गरेको निर्णयले जिल्लाका कृयाशिल पत्रकारको गम्भिर ध्यानाकर्षण भएको पत्रकारहरुले बताएका छन् ।

जसको विरोध स्वरुप जिल्लामा दुई दिनमा दुईवटा संघर्ष समिती गठन गरिएको छ । हिजो मात्र सदरमुकाम तौलिहवा सहित जिल्लाका दक्षिणी भेगका पत्रकारहरुले संघर्ष समिती गठन गरि आन्दोलनमा होमिएका छन् भने आज राजमार्ग केन्द्रित मिडियाका पत्रकारहरुले अर्को संघर्ष समिती गठन गरि आन्दोलनमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले गरेको विभेदपुर्ण निर्णयको खारेज गरी तत्काल नयाँ सदस्यता खुलाउन आफुहरुको जोडदार माग रहेको पत्रकार संयुक्त संघर्ष समितीका संयोजक दिपक अनुरागीले बताउनुभयो ।

शाखाले पत्रकार महासंघको सदस्यता खुल्ला गर्दा विभिन्न मिडिया र सम्बन्धित पत्रकारलाई थाहा दिनुपर्ने हो, तर थाहा त परै जाओस महासंघको सदस्यता खुलाएको भन्दै झुट सहितको दाबी प्रस्तुत गर्न खोजिएकोले आफुहरु बाध्य भई आन्दोलनमा उत्रिएको संघर्ष समितीका सदस्य अशोक पौडेलले बताउनुभयो ।

पत्रकार महासंघको सदस्यता नखुलाई पार्टि निकट पत्रकारहरुको बैठक बसी पुराना सदस्यको खारेजि संगै सिमित पत्रकारलाई मात्र नयाँ सदस्यता दिनु समग्र पत्रकारहरु माथिको गम्भिर विभेद भएको पत्रकार संयुक्त संघर्ष समितीका सहसंयोजक गशेण पोख्रेलले जनाउनुभयो ।

जिल्लामा बर्षौ देखि राष्ट्रिय तथा स्थानिय मिडियामा काम गरेका क्रियाशिल पत्रकारलाई व्यवस्था गर्दै आफ्ना गोजीका केहि मान्छेलाई सदस्यता वितरण गर्न खोजिएको पत्रकारको गुनासो रहेको छ ।

यसैबिच नेपाल पत्रकार महासंघ कपिलवस्तुमा आज गठित संघर्ष समितीले भोली तालाबन्दी संगै गम्भिर ध्यानाकर्षण सहितको ज्ञापत्र पत्र बुझाउने तयारी गरेको समितीका सदस्य कोपिला पोखेलले जानकारी दिनुभयो । साथै आजै साझ सम्ममा नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा ध्यानाकर्षण पत्र पठाई अबको एक दुई दिन भित्रमा आन्दोलित सबै पत्रकार संग थप छलफल गरी आगामी दिनमा नयाँ चरणका कार्यक्रम घोषणा गर्ने तयारी भएको संघर्ष समितीका सदस्य रामु पौडेलले बताउनुभयो । संघर्ष समितीमा जिल्लाका १३ क्रियाशिल पत्रकार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित