१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुका पत्रकारहरु आन्दोलित

१३ पुष २०७३, बुधबार १३:११

पुष १३, कपिलवस्तु | नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार महासंघको सदस्यता सम्बन्धि गरेको निर्णय विरुद्ध जिल्लाका क्रियाशिल पत्रकार आन्दोलित भएका छन् । शाखाले हालै सदस्यता सम्बन्धि गरेको निर्णयले जिल्लाका कृयाशिल पत्रकारको गम्भिर ध्यानाकर्षण भएको पत्रकारहरुले बताएका छन् ।

जसको विरोध स्वरुप जिल्लामा दुई दिनमा दुईवटा संघर्ष समिती गठन गरिएको छ । हिजो मात्र सदरमुकाम तौलिहवा सहित जिल्लाका दक्षिणी भेगका पत्रकारहरुले संघर्ष समिती गठन गरि आन्दोलनमा होमिएका छन् भने आज राजमार्ग केन्द्रित मिडियाका पत्रकारहरुले अर्को संघर्ष समिती गठन गरि आन्दोलनमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले गरेको विभेदपुर्ण निर्णयको खारेज गरी तत्काल नयाँ सदस्यता खुलाउन आफुहरुको जोडदार माग रहेको पत्रकार संयुक्त संघर्ष समितीका संयोजक दिपक अनुरागीले बताउनुभयो ।

शाखाले पत्रकार महासंघको सदस्यता खुल्ला गर्दा विभिन्न मिडिया र सम्बन्धित पत्रकारलाई थाहा दिनुपर्ने हो, तर थाहा त परै जाओस महासंघको सदस्यता खुलाएको भन्दै झुट सहितको दाबी प्रस्तुत गर्न खोजिएकोले आफुहरु बाध्य भई आन्दोलनमा उत्रिएको संघर्ष समितीका सदस्य अशोक पौडेलले बताउनुभयो ।

पत्रकार महासंघको सदस्यता नखुलाई पार्टि निकट पत्रकारहरुको बैठक बसी पुराना सदस्यको खारेजि संगै सिमित पत्रकारलाई मात्र नयाँ सदस्यता दिनु समग्र पत्रकारहरु माथिको गम्भिर विभेद भएको पत्रकार संयुक्त संघर्ष समितीका सहसंयोजक गशेण पोख्रेलले जनाउनुभयो ।

जिल्लामा बर्षौ देखि राष्ट्रिय तथा स्थानिय मिडियामा काम गरेका क्रियाशिल पत्रकारलाई व्यवस्था गर्दै आफ्ना गोजीका केहि मान्छेलाई सदस्यता वितरण गर्न खोजिएको पत्रकारको गुनासो रहेको छ ।

यसैबिच नेपाल पत्रकार महासंघ कपिलवस्तुमा आज गठित संघर्ष समितीले भोली तालाबन्दी संगै गम्भिर ध्यानाकर्षण सहितको ज्ञापत्र पत्र बुझाउने तयारी गरेको समितीका सदस्य कोपिला पोखेलले जानकारी दिनुभयो । साथै आजै साझ सम्ममा नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यलयमा ध्यानाकर्षण पत्र पठाई अबको एक दुई दिन भित्रमा आन्दोलित सबै पत्रकार संग थप छलफल गरी आगामी दिनमा नयाँ चरणका कार्यक्रम घोषणा गर्ने तयारी भएको संघर्ष समितीका सदस्य रामु पौडेलले बताउनुभयो । संघर्ष समितीमा जिल्लाका १३ क्रियाशिल पत्रकार रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह